सांकेतिक तस्विर
१५ असार, दाङ । दाङको एक निजी अस्पतालमा एक्सरे गर्न गएकी एक महिलालाई पुरै कपडा खोलेर नाङ्गो बनाइ एक्सरे गराएको आरोपमा अस्पतालका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलिले महिलालाई नाङ्गै बनाएर एक्सरे गरेको आरोपमा बबइ गाउँपालिका ५ का २२ वर्र्षीय नवराज डाँगीलाई पक्राउ गरेको हो ।
घोराहीको लुहासुरस्थित गोर्खा हस्पिटलमा एक्सरेका लागि पुगेकी ती महिलाको एक्सरे गर्ने क्रममा अस्पतालका एक्सरे मेन युवाले नाङ्गो बनाइ एक्सरे गर्न लगाएको भन्दै महिलाका आफन्तले प्रहरीमा उजुरी गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले अस्पतालमा एक्सरे गराउन गएकी महीलालाई संवेदनशिल अंग पनि नाङ्गो गराएर एक्सरे गराएको भन्दै प्रहरीमा उजुरी परेको बताए ।
अस्पतालमा एक्सरे गराउन गएकी घोराही १ की १९ वर्षीया महिला अस्पताल पुगेकी थिइन् । महिला एक्सरे गराउन गएपछि अस्पतालमा काम गर्ने टेक्निसियनले दुब्र्यवहार गर्न खोजेको भन्दै आफन्तले प्रहरीमा उजुरी दर्ता गराएपछि डाँगीलाई पक्राउ गरिएको र घटनाको थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक दिनेश रिमालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले पनि शरीर पुरै नाङ्गो बनाएर एक्सरे गर्न खोजेपछि अस्पतालमा काम गर्ने टेक्निसियनलाई नियन्त्रणमा लिई अनुसन्धान चलिरहेको बताए । एक्सरे गराउन गएकी महिलाले एक्सरे गराएपछि आफन्तलाई एक्सरे गराउँदा ‘अहिले पुरै शरीर नाङ्गो बनाउँदा रहेछन् है’ भनेपछि घटना सार्वजनिक भएको थियो ।
(रातोपाटीबाट)
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...











-nepal-1793842721.jpg)





