Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बार्ताबाट समाधान खोज्न माग गर्दै नेकपा केन्द्रीय सदस्यहरु धर्नामा

cpn-(1)-1593778666.jpg

१९ असार, हेटौंडा । पार्टी भित्र देखिएको विवाद वार्ताको माध्यमबाटै टुंगो लगाउन माग राख्दै नेकपाका केन्द्रीय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् ।
पार्टीभित्र पछिल्लो समय देखिएको विवादको हल वार्ता र सम्बादको माध्यमबाट नै निकाल्नुपर्ने माग राख्दै नेताहरु धर्नामा बसेका हुन् ।
पार्टी विधि, विधान र पद्धति अनुसार चल्न नसके समस्या आउने भएकाले सबैले विधि पद्धति अनुसार अगाडी बढ्नुपर्ने उनीहरुको माग छ ।
नेकपा केन्द्रीय सदस्य विजय पौडेलले नेताहरुले पार्टीको बैठकबाटै समाधान निकाल्नुपर्ने बताएका छन् । बैठक बाहिरबाट समाधान नहुने उल्लेख गर्दै उनले सामुहिक छलफलबाट नै निष्कर्ष निस्किने बताए ।
अर्का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीमा विधि र विधानभन्दा व्यक्ति प्रधानभएर अगाडी बढ्दा यस्तो समस्या आएको बताईन ।
उनले व्यक्तिगत स्वार्थ र स्वेच्छाचारी ढंगले नेताहरु अगाडी नबढेको भए यस्तो सममस्या नआउने दाबी गरिन ।
पछिल्लो समय नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने पक्ष बलियो हुँदै गएको छ ।
मदन भण्डारीको जन्म जयन्तीका अवशरमा पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपि ओलीले भारतले सरकार ढाल्न खोजेको र नेपालका नेताहरु समेत त्यसमा सक्रिय रहेको अभिव्यक्ति दिएपछि पार्टी भित्र विवाद बढेको हो ।
स्थायी समिति बैठकमा ओलीको राजीनामा माग्ने पक्षको आवाज बलियो हुँदै गएपछि ओलीले बैठक छल्दै आएका छन् ।
सरकारले अचानक संसद बैठक अन्त्य गर्ने निर्णय गरेपछि पार्टी फुटाउने अध्यादेश फेरी आउने आशंका नेकपाका नेताहरुले गरिरहेका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार