Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

अष्ट्रेलिया र न्युजील्याण्डले अंक बाँडे

Australia-Rain-768x432-1496469177.jpg

२० जेठ, काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘ए’को लिग चरणको खेलमा वर्षा बाधक बनेपछि अष्ट्रेलिया र न्युजील्याण्डले अंक बाँडेका छन्। न्युजिल्याण्डले खेलमा केहि बलियो पकड बनाएको अवस्थामा पानी परेपछि खेल सुचारु हुन सकेन र दुवै टोली अंक गुमाउन बाध्य भए। टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको न्युजील्याण्डले ४५ ओभरमा २ सय ९१ रन जोड्दै अलआउट भएको थियो। उसका लागि कप्तान केन विलियमसनले शतक बनाएका थिए। तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका विलियमसनले ९७ बलमा ८ चौका र ३ छक्काको मद्दतले १ सय रन जोडेका थिए। उनलाई ओपनर लुक रोंचीले ६५ रन र रस टेलरले ४६ रङ बनाएर साथ दिएका थिए। माथिल्लो श्रेणीका ब्याट्सम्यानले राम्रो सुरुवात गरेपनि तल्लो श्रेणीका ब्याट्सम्यान सस्तैमा आउट भएपछि न्युजील्याण्डले राम्रो अन्त्य गर्न सकेन। उसले ३७ रनको अन्तरमा अन्तिम ७ विकेट गुमाएको थियो।

पहिलो पारीको १०औं ओभरमा बर्षाले खेलरोकेपछि खेल ४६ ओभरमा छोट्याइएको थियो। अष्ट्रेलियाका लागि जोस हेजलवुडले ९ ओभरमा ५२ रङ खर्चदै ६ विकेट लिए। जोन हेस्टिङ्सले २ विकेट लिए भने प्याट कमिन्सको नाममा १ विकेट रह्यो।

जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले पुन: वर्षाका कारण खेल रोकिएपछि ३३ ओभरमा २ सय ३५ रनको लक्ष्य पाएको थियो। ओपनर डेविड वार्नरलाइ १८ रनमा गुमाएको अष्ट्रेलियाले राम्रो सुरुवात पाउन सकेन। लगत्तै अर्को ओभरमा आरोन फिन्च ८ रनको स्थितिमा आउट भएपछि अष्ट्रेलिया संकटमा परेको थियो। खेलको नवौं ओभरमा मोसेस हेनरिकेस आउट भएसँगै वर्षा सुरु भएपछि खेल रोकिएको थियो।

तर त्यसपछि वर्ष रोकिएन र खेलमा दुवै टोलीले १/१ अंक बाँडेका थिए।  साभार : हाम्रो खेलकुद


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार