१९ जेठ, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले चुनावमा अन्तरघात गर्ने नेता एवं कार्यकर्तालाई कारवाही हुने बताएका छन् ।
नेपाली कांग्रेस हेटौँडा–६ ले गरेको कांग्रेसकातर्फबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान एवं वनभोज कार्यक्रममा बोल्दै सभापतिले चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन गतिविधि गर्नेलाई कारवाही हुने बताएका हुन् ।
उनले प्रमाणसहित त्यस्ता नेता कार्यकर्ताको नाम जिल्ला कार्यसमितिमा पठाउन क्षेत्र, नगर र वडा तहलाई निर्देशन दिएको भन्दै जिल्लाले यसबारे उचित निर्णय लिनेमा ढुक्क हुन कार्यकर्ताहरुलाई आग्रह गरे । नेपाली कांग्रेसलाई मकवानपुरमा बलियो बनाउन आफुले कस्तोसुकै कदम चाल्ने दावि गर्दै उनले आगामी चुनावको तयारी थाल्न समेत कार्यकर्ताहरुलाई सुझाव दिए ।
हेटौँडा–६ चुनाव प्रसारप्रसार समितिका संयोजक होमनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान पार्टी जिल्ला सभापति रघुरमण न्यौपाने, मेयर पदका प्रत्यासी एवं नगर सभापति आनन्दराम पराजुली, स्थानीय तहको निर्वाचनमा निर्वाचित हेटौँडा–६ नम्बर वडाध्यक्ष अर्जुनप्रसाद चौलागाई, पार्टी ६ नम्बर सचिव कुमार तिमल्सिना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसको सदस्यता लिनेहरुलाई स्वागत समेत गरिएको थियो । कार्यक्रममा जिल्ला, क्षेत्र, नगर र वडा तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







