Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अन्तरघातिलाई कारवाही हुन्छ : बानियाँ

Indra-Dai-1496493124.jpg

१९ जेठ, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले चुनावमा अन्तरघात गर्ने नेता एवं कार्यकर्तालाई कारवाही हुने बताएका छन् ।
नेपाली कांग्रेस हेटौँडा–६ ले गरेको कांग्रेसकातर्फबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान एवं वनभोज कार्यक्रममा बोल्दै सभापतिले चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन गतिविधि गर्नेलाई कारवाही हुने बताएका हुन् । 
उनले प्रमाणसहित त्यस्ता नेता कार्यकर्ताको नाम जिल्ला कार्यसमितिमा पठाउन क्षेत्र, नगर र वडा तहलाई निर्देशन दिएको भन्दै जिल्लाले यसबारे उचित निर्णय लिनेमा ढुक्क हुन कार्यकर्ताहरुलाई आग्रह गरे । नेपाली कांग्रेसलाई मकवानपुरमा बलियो बनाउन आफुले कस्तोसुकै कदम चाल्ने दावि गर्दै उनले आगामी चुनावको तयारी थाल्न समेत कार्यकर्ताहरुलाई सुझाव दिए । 
हेटौँडा–६ चुनाव प्रसारप्रसार समितिका संयोजक होमनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान पार्टी जिल्ला सभापति रघुरमण न्यौपाने, मेयर पदका प्रत्यासी एवं नगर सभापति आनन्दराम पराजुली, स्थानीय तहको निर्वाचनमा निर्वाचित हेटौँडा–६ नम्बर वडाध्यक्ष अर्जुनप्रसाद चौलागाई, पार्टी ६ नम्बर सचिव कुमार तिमल्सिना लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसको सदस्यता लिनेहरुलाई स्वागत समेत गरिएको थियो । कार्यक्रममा जिल्ला, क्षेत्र, नगर र वडा तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Indra-Dai-1496493126.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार