Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अफरसहित सेवा विस्तार गर्दै क्लासिकटेक

Classic-Tech-1496562934.jpg

२१ जेठ, हेटौँडा । इन्टरनेट सेवा प्रदायक क्लासिकटेकले विशेष छुटको अफरसहित आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ । 
हेटौँडा बजारमा २०७१ साल असारदेखि आफ्नो गुणस्तरीय सेवा उपलव्ध गराईरहेको क्लासिकटेकले मूख्य बजारसहित आसपासका वडाहरुमा सेवा विस्तार गरिरहेको हो । क्लासिकटेकले हेटौँडा बजारका साथै लामसुरे, कमाने, नागस्वति, हटिया, चुच्चेखोला, चौघडा, पिप्ले, थानाभर्याङ लगायतका क्षेत्रमा सेवा विस्तार गरिरहेको क्षेत्रीय प्रवन्धक निलाम्बर सापकोटाले बताए । 
‘सरकारी कार्यालय, व्यवसायिक संस्था र औद्योगिक क्षेत्रका सेवाग्राहीको मत जित्न सफल भएसँगै क्लासिकटेक नगरका विभिन्न वडामा आफ्नो सेवा लिएर पुग्ने भएको छ ।’–सापकोटाले भने–‘हामी बजारका साथै हेटौँडाको ५, ६, ७, ८, ९, १०, ११, १६, १७ सहितका वडामा पुगेका छौं ।’ विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरु संचालनमा रहे पनि  बजारबाहेकका क्षेत्रमा आफुहरुले सेवा विस्तार गरेको क्लासिकटेकले दावि गरेको छ । ‘हेटौँडामा हामीले नै पहिलो पटक फाइबर टु दि होम सेवाबाट द्रुुतगतिको इन्टरनेट सेवा प्रदान गरेका छौं ।’–क्षेत्रीय प्रवन्धक सापकोटाले भने ।
बजार क्षेत्रमा ३ हजार व्यवसायिक एवं घरायसी ग्राहकलाई सन्तुष्ट बनाईरहेको क्लासिकटेकले सेवा विस्तार गर्न लागेको क्षेत्रमा सेवाबारे जानकारी दिन आफ्नो बजार प्रतिनिधिहरु समेत पठाईरहेको छ । क्लासिकटेकले विशेष अफर अन्तरगत एक बर्षे प्याकेज सार्वजनिक गरेको छ । अफर अन्तरगत उपकरण शुल्क नलाग्ने भएको छ ।
क्लासिकटेक अफर
१ बर्षे प्याकेज

३ एमविपिएस    १३,१००।–
६ एमविपिएस    १५,५८८।–
१२ एमविपिएस    २०,३८८।–

Classic-Tech1-1496562934.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार