Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सिन्धुपाल्चोक बाह्रबिसेमा भोटेकोसी थुनिदा जम्बु बजार बगायो, २ को शव भेटियो

20200709_082928-1594262856.jpg

बगाएको जम्बु बजार। फोटो: सामाजिक सन्जाल

२५ असार,बनेपा । सिन्धुपाल्चोकको ठाडो सिंगार्चे खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिका-५ को जम्बु बजार बगाएको छ । भारी वर्षासँगै गएराति ११ बजे आएको बाढीले भोटेकोसी नदीलाई थुनेपछि पानीको बहाब बढेकाले जम्बु  बजार बगाएको हो । 

बाढीको बितण्डामा परेर यो समाचार तयार पार्दासम्म १८ जना बेपत्ता छन् ।२ जनाको शव फेला परेको छ ।बाह्रबिसे नगरपालिका-५ निवासी २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव स्थानीयले बिहान पाँच बजे नै फेला पारेका छन् । बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको बाह्रबिसे नगरपालिकाका मेयर निम्फुञ्जो शेर्पाले जानकारी दिए । उद्धार कार्यमा सबै सुरक्षा निकायलाई परिचालन गरिएको शेर्पाले बताए ।बाढीले जम्बु बजार, खाकदल बजारका १० वटा टहरा र दर्जनौं ठाउँमा सडक बगाएको उनले बताए । जुरेमा पहिरो आएकोले अरनिको राजमार्ग समेत अवरुद्ध छ । 

साथै बाढीले मध्यभोटेकोसी जलविद्युत आयोजनाको लजिष्टिक गोदाम बगाएको छ ।कोदारी राजमार्गको जम्बुखण्ड बगाएकोले आवत-जावत बन्द छ ।बाढीले सडक बगाएपछि बाह्रबिसे र तातोपानीको सम्बन्धबिच्छेद भएको छ । बाढीबाट बाँच्न सफल भएका स्थानीय गाउँभन्दा पाँच सय मिटरमाथि खेतमा गएर बसेका छन् ।यसैगरी बाह्रबिसेका युधीर पौडेलले दिएको जानकारीअनुसार भोटेकोसी गाउँपालिकाको मार्मिङस्थित बुल्कोटे खोलाले एक घर बगाएको छ । बाह्रबिसे छेउमै रहेको खाकदल खोलामा बाढी आउँदा राती नै स्थानीय खाकदल बजार छोडेर भागेका छन् । 

भोटेकोसीमा आएको ठूलो बाढीले बाह्रबिसे तल्लो बजारकाे एक घर बगाएको छ । बाढीले मोटरेबल पुलको एक भागलाई धक्का दिइरहेकोले पुलमा पनि क्षति पुगेको छ । जम्बु बजार बगाएर गाउँ नै भोटेकोसीमा मिसिएपछि बाह्रबिसे बजारवासी घर छोडेर राती नै सुरक्षित ठाउँतर्फ भागेका छन् । बाढीको त्रासले लिपिङदेखि खाडिचौरसम्म रहेका तटीय क्षेत्रका स्थानीय घर छोडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।  कोदारी र अरनिको राजमार्ग ठाउँठाउँमा बगाएकोले उद्धार कार्यमा कठिनाई भइरहेको छ । घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ । 

# इ-नयाँ पत्रिकाबाट


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार