Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा–५ को डुवान क्षेत्रमा वडा कार्यालय र प्रहरीको यस्तो छ तयारी

Polish_20200710_111033374-1594359672.jpg

डुबान क्षेत्रको निरीक्षण गर्दै वडाध्यक्ष बानियाँ र प्रहरी निरीक्षक भण्डारी

२६ असार, हेटौँडा । बिहिबार राति र शुक्रबार बिहान देखी परेको अबिरल बर्षाका कारण हेटौँडाका खोल तथा खहरेमा पानीको बहाव बढने क्रममा रहेको छ। कर्रा,राप्ती कुुुुखरेनी खोलामा पानीको बहाव  बढने क्रममा जारी छ ।

बर्षाको समयमा मुख्य गरेर हेटौँडा उपमहानगरपालिका वडा नम्बर –५ को अधिकांश क्षेत्र डुबानमा पर्ने गरेका छन । हरेका बर्ष अविरल बर्षाका कारण हेटौँडा–५ को पिप्ले, क्याम्पाडाँडा, माछाप्लान,अब्बल डाँडा, सानोपोखरा, शान्तिनगर, सिचाईटोल गोर्दोइ लगायतका स्थान डुबानमा पर्ने गर्दछन । हेटौँडा–५ का डुबान क्षेत्रमा वडा कार्यालय र वडा  प्रहरीले जोखिम न्युनिकरणका लागि आवश्यक तयारी गरेका छन ।बर्षाका कारण हुने संभावित जोखिमलाई मध्यनजर गरेर वडा कार्यालयले उद्धारका लागि आवश्यक सबै तयारी गरेको छ । डुवान क्षेत्रमा उद्धारका लागि वडा प्रहरीको सहकार्यमा, स्थानिय टोल विकास संस्था र स्थानिय क्लबको समन्वयमा उद्धारटोली तयारी अवस्थामा राखिएको हेटौँडा वडा नम्बर ५ का वडाध्यक्ष राजेश बानियाँले बताएका छन । उनले डुबान क्षेत्रका बासिन्दालाई उद्धारगरी बाल ज्योती स्कुलमा राख्ने व्यवस्था मिलाइएको  र आवश्यक पर्ने खाद्यान्न भाडाकुडाको व्यवस्थापन गरिएको जानकारी दिएका छन।‘म आफै प्रभावित क्षेत्रमा रहेको छु,प्रहरीलाई तयारी अवस्थामा राख्न अनुरोध गरिसकेका छौँ, पानीपर्ने संभावना रहेकोले डुबान क्षेत्रका स्थानियलाई सुरक्षित रहन माइकिङ गर्ने तयारी भइरहेको छ' – वडाध्यक्ष बानियाँले भने । 

यता प्रहरीलेपनि प्रकोपबाट हुने संभावित घटनालाई मध्यनजर गरेर उद्धार टोली तयारी अवस्थामा राखिएको जनाएको छ । वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले लाइफ ज्याकेट सहित रेसक्यु टोली तयारी अवस्थामा राखिएको बताएका छन ।‘बाढीका कारण पिप्ले, क्याम्पाडाँडा, माछाप्लान,अब्बल डाँडा, सानोपोखरा, शान्तिनगर, गोर्दोइ लगायतका स्थानमा हुने डुवानलाई मध्यनजर गर्दै वडा कार्यालयको सहकार्यमा सावेल, डोरी, ट्युब सहित उद्धारटोली तयारी अवस्थामा राख्नुका साथै प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित रहन जानकारी गराएका छौँ’– प्रहरी निरीक्षक भण्डारीले भने । 

हरेका बर्ष भारी बर्षाका कारण हेटौँडाको अधिकांश स्थान डुबानमा पर्ने गर्दछ ,आज बिहान मात्र अबिरल बर्षाका कारण  हेटौँडा–५ अब्बल डाँडामा रहेको एकघर डुबानमा परेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार