२७ असार, काठमाडौं । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोरोनाको पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको जानकारी दिए। स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क तिरेर निर्देशिका भन्दाबाहेकका नमूना परीक्षण गर्न पाउने व्यवस्था गरेको हो।
उनकाअनुसार प्रदेश नम्बर १ मा कोशी अस्पताल, प्रदेश नम्बर २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नम्बर ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशालालाई शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाउने छन्।आफैँ कोरोना नमूना परीक्षण गराउन पाँच हजार ५ सय रुपैंया लाग्ने छ। ती तोकिएका प्रयोगशालामा मानिसले शुल्क तिरेर परीक्षण गर्न पाउने छन् ।
यसअघि मन्त्रालयले वैदेशिक रोजगारमा जाने चाहने व्यक्तिलाई निरोगिता प्रमाणपत्रका लागि वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुल्क तिरेर कोभिड–१९ को परीक्षण गर्न पाउने व्यवस्था गरेको थियो ।
(सेतोपाटीबाट)
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...











-nepal-1793842721.jpg)





