२२ जेठ, काठमाडौं । बेलायतका चर्चित अंग्रेजी गायक जेसनले काठमाडौंमा एकल कन्सर्ट प्रस्तुत गर्ने भएको छन् ।
काठमाडौं दरबारमार्ग स्थित ‘डेजाभु’ क्लबमा आगामी १४ असार बेलुका ११ बजेबाट ‘जेसन साँझ’मा उनी डेढ घन्टासम्म आफ्ना विश्व चर्चित गीतसँगीतका साथ प्रस्तुत हुनेछन् ।
‘ब्रिटिस आर एन्ड बी’ जनरका गायक जेसन सन २००९ देखि सन २०१२सम्म चार वर्ष लगातार बेलायतमा पहिलो नम्बरका गायक रहे । उनले सन २००८, २००९ र २०११ गरी तीन पटकसम्म बेलायतकै उत्कृष्ट बिएमआई सङ साईटर अवार्ड जितेका हुन् । अमेरिकामा समेत दुई पटकसम्म उत्कृष्ट दश गायक भित्र पर्न सफल यिनै
कलाकार जेसनलाई अब काठमाडौंमा प्रत्यक्ष सुन्न र
देख्न पाईने भएको छ । युहान इन्टरनेशनल इभेन्टस्ले ‘ब्लाक रिलिजन’ सांगीतिक श्रृंखला अन्तर्गत पहिलो श्रृंखलामा जेसनलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो । युहान इन्टरनेशनल इभेन्टसका प्रबन्ध निर्देशक सानु खानले जेसनसँग सम्झौता सहित नेपाल आउनको लागि उनी र उनको समुहको हवाई जहाज टिकट समेत बुक गरिएको बताए ।
सामाजिक सञ्जाल फेशबुकमा ७० लाख र टिवटरमा ४० लाख भन्दा बढी फलोअर भएका जेसन सांगितिक कार्यक्रमका लागि आफ्नो डिजे र टिम सहित २७ जुनमा काठमाडौं आउने छन् । खानका अनुसार अमेरिकाको न्यूयोर्कमा बस्दै आएका उनी अमेरिकाबाट सोझै नेपाल आउन लागेका हुन । २८ जुन बेलुका कार्यक्रम सकेर उनी २९ जुनमा अमेरिका नै फर्कने छन् ।
जेसनले काठमाडौंको साँगीतिक साँझमा राईड इट..., मेक माई लभ..., स्टोलन..., डाउन डाउन..., आइ एम अल योर्स..., लाईक दिस लाईक द्याट..., डान्स विद यु..., स्टे...ह्वेर यु डु गो..सहित आफ्ना हिट डेढ दर्जन गीत गाउने छन् ।
नेपालका जेसनका प्रशंसकहरुको चाहना अनुसार उनको एकल कन्सर्ट राखिएको पनि युहान इन्टरनेशल इभेन्टसका प्रबन्ध निर्देशक खानले बताए ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

