३० जेठ, हेटौंडा । नयाँ शक्ति पार्टी मकवानपुरले प्रथम पार्टी स्थापना दिवस मनाएको छ । पार्टीले मंगलबार हेटौंडा–४ हुप्रचौरमा रहेको पार्टी कार्यालय परिषरमा केक काटेर शुभकामना आदानप्रदान गर्दै स्थापना दिवस मनाएको हो ।
पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ता सहभागी कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश सहसंयोजक सोनामसिं स्याङ्तान ‘विजय’ले केक काटेर सबैलाई खुवाएका थिए । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य स्याङ्तानले नयाँ शक्तिले स्थापनाको एक वर्षको अवधिमा आफ्नो विचार र सिद्धान्त जनतामाझ पुर्याउन सफल भएको बताए ।
लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक समृद्धि र स्वाधिनतासहितको मुद्दा लिएर वैकल्पिक पार्टीको रुपमा नयाँ शक्ति उदाएको भन्दै स्याङ्तानले अबको केही वर्षभित्र देशकै ठूलो पार्टी बन्नेमा विश्वास व्यक्त गरे । ‘अरु पार्टीहरु भन्दा पृथक कार्ययोजना बनाएर हामी आएका हौं, एक वर्षको बीचमा हामीले हाम्रा नीति र सिद्धान्तहरु जनतामाझ पुर्याउन सकेका छौं,’ उनले भने–‘सांगठनिक दरिलो बन्नको लागि हामीले अझ धेरै मेहनत गर्न बाँकी नै छ ।’
कार्यक्रममा पार्टीका जिल्ला कार्यालय सचिव राजेन्द्र सिम्खडा, जिल्ला कार्यकारी समिति सदस्य प्रकाश मैनाली, इजहार आलम, प्रकाश थोकर, तुफान विक्रम क्षेत्री ‘दीपशक्ति’लगायतको उपस्थिति रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)