Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नयाँ शक्तिले स्थापना दिवस मनायो

19184038_1138369302936276-1497345707.jpg

३० जेठ, हेटौंडा । नयाँ शक्ति पार्टी मकवानपुरले प्रथम पार्टी स्थापना दिवस मनाएको छ । पार्टीले मंगलबार हेटौंडा–४ हुप्रचौरमा रहेको पार्टी कार्यालय परिषरमा केक काटेर शुभकामना आदानप्रदान गर्दै स्थापना दिवस मनाएको हो ।

पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ता सहभागी कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश सहसंयोजक सोनामसिं स्याङ्तान ‘विजय’ले केक काटेर सबैलाई खुवाएका थिए । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य स्याङ्तानले नयाँ शक्तिले स्थापनाको एक वर्षको अवधिमा आफ्नो विचार र सिद्धान्त जनतामाझ पुर्‍याउन सफल भएको बताए ।

लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक समृद्धि र स्वाधिनतासहितको मुद्दा लिएर वैकल्पिक पार्टीको रुपमा नयाँ शक्ति उदाएको भन्दै स्याङ्तानले अबको केही वर्षभित्र देशकै ठूलो पार्टी बन्नेमा विश्वास व्यक्त गरे । ‘अरु पार्टीहरु भन्दा पृथक कार्ययोजना बनाएर हामी आएका हौं, एक वर्षको बीचमा हामीले हाम्रा नीति र सिद्धान्तहरु जनतामाझ पुर्‍याउन सकेका छौं,’ उनले भने–‘सांगठनिक दरिलो बन्नको लागि हामीले अझ धेरै मेहनत गर्न बाँकी नै छ ।’

कार्यक्रममा पार्टीका जिल्ला कार्यालय सचिव राजेन्द्र सिम्खडा, जिल्ला कार्यकारी समिति सदस्य प्रकाश मैनाली, इजहार आलम, प्रकाश थोकर, तुफान विक्रम क्षेत्री ‘दीपशक्ति’लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार