Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बागमती प्रदेश प्रहरीद्वारा घुस लिदै गर्दा पक्राउ परेका ४ प्रहरी निलम्बित

bagmati-police-1596037035.jpg

१४ साउन,हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले मंगलबार घुस लिदै गर्दा पक्राउ गरेको ४ प्रहरीलाई निलम्बन गरेको छ । सडकमा चेकजाँचका क्रममा प्रलोभनमा परेर रकम माग्ने ४ जना प्रहरीलाई आज निलम्बन गरिएको प्रदेश कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले बताएका छन । 

बागमती प्रदेश प्रहरी कार्यालयबाट गएको टोलिले प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर,जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर,ईलाका प्रहरी कार्यालय मनहरी र ईलाका प्रहरी कार्यालय रामनगर चितवनमा कार्यरत ४ जना प्रहरीलाई घुस लिदै गर्दा नियन्त्रणमा लिएको थियो । 

प्रवक्ता प्रहरी वरिष्ठ गिरीले उनिहरुलाई थप अनुसन्धान गर्न निलम्बन गरिएको र आवश्यक अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय हेटौंडाका डिएसपी विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको बताए । निलम्बित हुनेमा ईलाका प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकास जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र कुमार मल्ल, ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत प्रहरी जवान अजय महतो र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी जवान लक्षमण कुमार महतो छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार