२ असार, हेटौंडा । नेकपा माओवादी केन्द्रका पोलिटव्यरो सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तानले निर्वाचित जनप्रतिनिधिहरुलाई जनहित विपरित कुनै पनि कार्य नगर्न आग्रह गरेकी छिन् । नेकपा माओवादी केन्द्र मकवानपुरद्वारा आयोजित केन्द्रका निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बेलामा कसैको प्रलोभनमा नपरी सतर्कतापूर्वक जनताको हितमा कार्य गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएकी हुन् ।
कार्यक्रममा बोल्दै उनले पदीय दायित्व र अधिकारलाई बस्तीबस्तीमा जनताले अनुभूति गर्न सक्ने गरी जनताको सेवामा जुट्न उनले आग्रह गरिन् । ‘‘हामी माओवादी, माओवादी जस्तै जनताको वास्तविक दुःखसँग जोडिएको प्रतिनिधि भएको प्रत्याभूति हुने गरेर कार्य गर्न आग्रह गर्छु, ’’ उनले भनिन् । उनले भ्रष्टचारको पूर्ण अन्त्यका लागि अभियानमा लाग्न पनि सुझाव दिएकी छिन् ।
कार्यक्रममा बोल्दै पार्टीका पोलिटव्युरो सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रेम बहादुर पुलामी छिन्तुले पनि पदीय दायीत्व बहन गरी अनियमितता हुन नदिन सधैँ चनाखो भएर लाग्न सुझाव दिए । कार्यक्रम पोलिटव्यूरो सदस्य तथा संयोजक पुलामीको सभा अध्यक्षता र मकवानपुर जिल्ला ईन्चार्ज मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बाग्मती गाउँपालिका अध्यक्षमा निर्वाचित सर्केश घलान, थाहा नगरपालिकामा प्रमुखमा निर्वाचित लवशेर विष्ट र जिल्लाका २० वटा वडामा निर्वाचित वडाअध्यक्ष र सदस्य, मनोनित गाउँसभा सदस्य लगायत १ सय १० जना जनप्रतिनिधिहरुलाई सम्मान गरिएको पार्टीका जिल्ला कार्यालय सदस्य तथा मकवानपुर संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले बताए ।
कार्यक्रममा कार्यालय सदस्यहरु ओम घलान (प्रदीप), कमान सिं पाख्रिन पृथक, विष्णु विष्ट आदर्श, लक्ष्मी पाख्रिन, जीवन गोले, जयबहादुर वाईबा, लक्ष्मी माझी, बालकुमार मल्ल, पार्टी केन्द्रीय सल्लाहकार कौशल पाण्डे, वाईसिएल जिल्ला अध्यक्ष सुमन पाख्रिन, केन्द्रीय आयोजक समिति सदस्य विनय गोले, डा. सम्राट तुम्बहाम्फे, सन्तवीर लो, ईन्द्रबहादुर थिङ, नरेन्द्र रिजाल लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...










-nepal-1792111426.jpg)







