Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

ओइ ! कोरोना

FB_IMG_1597573467329-1597573565.jpg

- उत्सव चौलागाईं


ओइ! कोरोना      
तिमी फूल बनेर आएको भए 
कयौं प्रेमिकाहरूको नरम हत्केलामा हुन्थ्यौ ।
 
तिमी कम्तिमा
काँडा मात्र बनेर आएको भए पनि
प्रेमिल इतिहासको नामहरू लेख्न
कयौँ प्रेमीहरूको पाखुरीमा कुँदिरहेका हुन्थ्यौ ।

भाइरस बनेर आयौ 
भयङ्कर डर बनेर आयौ
सन्सारलाई त्रसित बनायौ
तिम्रो डरले मान्छे मान्छे बिचको दुरी बढेको छ 
डेटिङ स्पर्टहरू खाली भएका छन्
झुपडीहरू मौन देखिन्छन्
महलहरू भयभीत छन् 
मेरो देशको सिंहदरबार पनि
स्यालदरबारजस्तै भएको छ ।

तिमीलाई अझै नपुगेको के हो ?

राजाहरूदेखि प्रजासम्म फैलियौ
विस्तारवादीहरूलाई छाडेनौ
साम्राज्यवादीहरूलाई छाडेनौ
भुइँमा आयौ
आकाशमा आयौ
कम्युनिस्ट भनेनौ
कमाउनिष्ट भनेनौ
प्रतिक्रियावादी भनेनौ 
तिम्रो आतङ्कले
कोही भनेन ।

सन्नाटा छाएको छ
धेरैले 
आफ्ना अनमोल रत्नहरू गुमाएका छन्
तिम्रो साम्राज्यको सिकार भएका छन्
बृद्धबृद्धाहरू
बालबालिकाहरू
त्यसैले ओइ ! कोरोना 
तिम्रो उदण्डता देखेर सिङ्गो विश्वलाई
उदेक लागेको छ ।
 
मायालु मनहरूमा त्रासको पर्खाल लागेको छ
मानव हृदय रोग, भोक र शोकले
विक्षिप्त बनेको छ
समृद्धिका पानाहरू
च्यातिने डर अनि
गरिबी र बेरोजगारीले 
जरो गाढ्ने भय देखिन्छ ।

सडक बन्द छ
मन्दिर ,मस्जिद अनि गुम्बा 
सबै बन्द छन् 
सबैलाई घरभित्र थुनेर
तिमी बाहिर डुलिहिडिरहेछौ
राक्षसी रुपमा 
दानवी भेषमा ।

ओइ! कोरोना
‌अब त सडकमा पहिलाजस्तै
मोटर गुडेको हेर्ने रहर छ
गल्लिगल्लिमा हुने भीड हेर्ने रहर छ
निदाएको सन्सार होइन
ब्युँझिएको सन्सार हेर्ने रहर  छ ।

मन्दिरको ढोका खुलेको
दियो बलेको र घन्टा बजेको 
हेर्ने रहर छ ।

त्यसैले कोरोना अब तिमी
चाँडै आफ्नो बाटो लाग 
तिमी हामीसँगै बाँच्न सक्दैनौ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार