१ भादौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड १८ लाख नाघेको छ ।
यो समाचार तयार पार्दसम्म विश्वका दुई करोड १८ लाख १८ हजार १ सय १६ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ ।
कोरोना भाइरस संक्रमणको कारण विश्वभर सात लाख ७२ हजार ७ सय ५९ जना मानिसको मृत्यु भएको छ भने कोरोना संक्रमण भएका मध्ये एक करोड ४५ लाख ५३ हजार भन्दा धेरै मानिस संक्रमणमुक्त भएका छन् ।
अहिले विश्वमा ६४ लाख ९३ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ६४ हजार ३ सयभन्दा धेरै मानिस गम्भीर अवस्थामा रहेका छन् ।
चीनको हुबेई प्रान्तको वुहान शहरबाट गएको डिसेम्बर महिनाको अन्त्यबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका दुई सय १६ देश तथा विभिन्न क्षेत्रमा पुगिसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ५५ लाख ६६ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ३६ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
यस्तै दोस्रो धेरै प्रभावित देशमा ब्राजिल रहेको छ । ब्राजिलमा ३३ लाख ४० हजारभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा यहाँ एकैदिन २२ हजार भन्दा धेरै संक्रमित थपिएका छन् ।
यसैगरी तेस्रो धेरै प्रभावित रहेको भारतमा २६ लाख ४७ हजारभन्दा बढी मानिस कोरोना भाइसरबाट संक्रमित छन् । यहाँ वितेको २४ घण्टामा एकैदिनमा विश्वको सबैभन्दा धेरै ५८ हजार १ सय ८ जना नयाँ संक्रमित थपिएका छन् ।
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...
११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...


















-1761227295-1778632336.jpg)