२ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड २० लाख नाघेको छ ।
यो समाचार तयार पार्दसम्म विश्वका दुई करोड २० लाख ३६ हजार ५ सय ४५ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ ।
कोरोना भाइरस संक्रमणको कारण विश्वभर सात लाख ७६ हजार ८ सय ६२ जना मानिसको मृत्यु भएको छ भने कोरोना संक्रमण भएका मध्ये एक करोड ४७ लाख ७८ हजार भन्दा धेरै मानिस संक्रमणमुक्त भएका छन् ।
अहिले विश्वमा ६४ लाख ८१ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ६२ हजार भन्दा धेरै मानिस गम्भीर अवस्थामा रहेका छन् ।
चीनको हुबेई प्रान्तको वुहान शहरबाट गएको डिसेम्बर महिनाको अन्त्यबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका दुई सय १६ देश तथा विभिन्न क्षेत्रमा पुगिसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ५६ लाख १२ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ४० हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
यस्तै दोस्रो धेरै प्रभावित देशमा ब्राजिल रहेको छ । ब्राजिलमा ३३ लाख ६३ हजारभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा यहाँ एकैदिन २३ हजार भन्दा धेरै संक्रमित थपिएका छन् ।
यसैगरी तेस्रो धेरै प्रभावित रहेको भारतमा २७ लाख १ हजारभन्दा बढी मानिस कोरोना भाइसरबाट संक्रमित छन् । यहाँ वितेको २४ घण्टामा एकैदिनमा विश्वको सबैभन्दा धेरै ५४ हजार २ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















