५ असार, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेले स्थानीय तहको निर्वाचनमा मकवानपुरको केही स्थानमा चुनाव हार्दैमा निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।
कम्युनिष्टहरुको किल्लाको रुपमा रहेको मकवानपुरको २ वटा गाउँपालिका, थाहा नगरको उपमेयरसहित हेटौंडा नगरको समेत ५ वटा वडा जितेको उदाहारण दिंदै उनले हारेको स्थानमा समेत निकटतम प्रतिष्पर्धी भएको बताए । नेपाली काँग्रेस हेटौंडा–१४ नम्बर वडाको आयोजनामा भएको धन्यवाद ज्ञापन कार्यक्रममा न्यौपानेले भने, ‘केही स्थानमा झिनो मतले पराजय भएका छौं । हेटौंडा उपमहानगरमा तालमेलको बिषयलाई बुझाउन नसक्दा धेरै मत बदर भयो, त्यसकारण थोरै मतले पराजय भयौँ । यसलाई शिक्षाको रुपमा लिएर अघि बढ्नु आवश्यक ।’ प्रदेश र केन्द्रीय संघको निर्वाचन बाँकी नै रहेको बताउँदै न्यौपानेले अब त्यसतर्फ केन्द्रीत हुन कार्यकर्ताहरुलाई अनुरोध गरे ।
यस्तै स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको प्रत्यासी रहेका काँग्रेस नगर सभापति आनन्दराम पराजुलीले निर्वाचनको समयमा गरेका वाचाहरु पूरा गर्न आफू सदैव तत्पर रहेको बताए । ‘मलाई नगरबासीले धेरै माया गर्नुभएको छ । मत पनि दिनुभएकै हो’, पराजुलीले थपे, ‘हामीले मतदातालाई बुझाउन नसक्दा थोरै मतले हार व्यहोर्न पुग्यौँ । हामी निराश हुनुपर्ने अवस्था छैन ।’
उनले चुनाव हारेका कारण निराश र हतोत्साही नहुन कार्यकर्तालाई अनुरोध गर्दै निरन्तर संगठन निर्माण र कार्यकर्ताहरुसंग सम्पर्कमा रहन अनुरोध गरे ।
काँग्रेसको तर्फबाट १४ नम्बर वडा अध्यक्षका प्रत्यासी गणेशबहादुर स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीकर्मी मीठुमाया गोले, तरुण दल वडा सचिव नवराज थिङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







