१० भदौ, हेटौंडा । लकडाउनका ११७ दिनमा नेपालभर २२ सयजना भन्दा बढीले आत्महत्या गरेको पाइएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ गतेबाट साउन ४ गतेसम्मको अवधिमा २२ सय १८ जनाले आत्महत्या गरेका हुन् ।
यो अवधिमा सबैभन्दा बढी आत्महत्याका घटना प्रदेश नम्बर ५ मा देखिएको छ । प्रदेश ५ मा लकडाउनका ११७ दिनमा ४२९ जनाले आत्महत्या गरेका छन् ।
जसमध्ये २३४ जना पुरुष छन् भने १५७ जना महिला छन् । १२ जना बालक र २६ बालिका पनि छन् ।
यस्तै प्रदेश १ मा ३७१ जनाले आत्महत्या गरेका छन् । जसमा १९३ जना पुरुष र १३५ जना महिला छन् । २१ बालक र २२ बालिका पनि छन् ।
प्रदेश २ मा लकडाउनका ११७ दिनमा ३०५ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ११७ पुरुष र ११२ महिला छन् । २६ बालक र ५० बालिकाले पनि आत्महत्याको बाटो रोजेका छन् ।
वाग्मती प्रदेशमा ३८५ जनाले आत्महत्या गर्दा २१३ पुरुष र १४५ जना महिला छन् । १० बालक र १७ जना बालिकाले पनि आत्महत्या गरेका छन् ।
गण्डकी प्रदेशमा लकडाउनका ११७ दिनमा २४६ जनाले आत्महत्या गरेका छन् । १४१ पुरुष र ८२ महिला छन् । ११ बालक र १२ बालिकाले आत्महत्या गरेका छन् ।
सबैभन्दा आत्महत्या कम हुने प्रदेशमा कर्णाली परेको छ । लकडाउनको ११७ दिनको अवधिमा कर्णाली प्रदेशमा ११९ जनाले आत्महत्या गरेका छन् । जसमा ७० पुरुष र ३८ महिला छन् । ५ बालक र ६ बालिका छन् ।
सुदूरपश्चिम प्रदेशमा ११७ दिनमा २०४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ११३ पुरुष, ७९ महिला, ६ बालक र ६ बालिका छन् ।
यस्तै काठमाडौं उपत्यकामा १५९ जनाले आत्महत्या गरेका छन् । जसमा ९१ पुरुष, ६३ महिला, ३ बालक र २ बालिका छन् । यसरी ११७ दिनको औसत आत्महत्याको दर निकाल्ने हो भने दैनिक १८ जनाभन्दा बढीले आत्महत्या गरेको पाइएको छ ।
लकडाउनबाहेक अन्य समयमा नेपालमा दैनिक १० देखि १४ जनासम्मले आत्महत्या गर्दै आएको प्रहरी तथ्याङ्कले देखाउँछ । नेपाल आत्महत्या गर्ने मुलुकमध्येको शीर्ष १०÷१२ राष्ट्रभित्र पर्छ ।
विष खाएर र झुन्डिएर आत्महत्या गर्नेहरु बढी छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यसबाहेक आगो लगाएर, हाम फालेर, करेन्ट लगाएर, आत्महत्या गर्नेहरु पनि छन् । आत्महत्याको कारण ठ्याक्कै भन्न नसकिने प्रहरी अधिकारी बताउँछन् ।
तर व्यक्तिगत तनाव, प्रेम सम्बन्धमा धोका, काममा असफलतालगायतले आत्महत्या गर्न बाध्य हुने गरेको पाइएको छ । लकडाउनको समयमा अन्य अपराध कम भए पनि आत्महत्या घट्न सकेको छैन । समाचार साभारः बाह्खरी
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...











-nepal-1793842721.jpg)





