७ असार, हेटौँडा । थाहा आन्दोलनका अभियन्ता रुपचन्द्र विस्टको आज स्मृति दिवस । मकवानपुरमा उनको योगदानको चर्चा भईरहेको छ । ‘थाहा’ लाई आफ्नो मूल मन्त्र बनाएर जनपक्षीय राजनीति गरेका रुपचन्द्रलाई धेरैले विभिन्न ढंगले सम्झने गरेका छन् । धेरैले रुपचन्द्रको स्वभाव, उनका भाषण शैली, लगाउने कपडा लगायतका बारेमा चर्चा गर्ने गर्दछन् । उनलाई दुरदर्शी दार्शनिकको पनि चिन्नेको पनि कमी छैन मकवानपुरमा । देशका अहिलेका चलेका नेताहरु समेत रुपचन्द्रको दर्शनबाट प्रभावित छन् । को हुन् रुपचन्द्र अर्थात रुदाने ? भन्ने बारेमा कान्तिपुरका मकवानपुरका सम्वादाता एवं मकवानपुरका पाका पत्रकार प्रताप विष्टले कान्तिपुरमा लेखेको यो लेख सान्दर्भिक छ ।
थाहा नगरपालिकामा समेटिएको दामन अर्थात तत्कालीन शिखरकोट गाउँ पञ्चायतमा रूपचन्द्र विष्ट प्रधानपञ्च थिए । २०२२ सालमा उनले प्रधानपञ्च जित्दा कार्यालय थिएन । उनले श्रमदान जुटाएर ठूलो कार्यालय भवन बनाए । त्यो भवनको नाम उनले ‘विकास घर’ राखे । त्यतिबेला नेपालका अन्य गाउँ पञ्चायतको कार्यालय भवन शिखरकोटको जत्रो थिएन । स्थानीय बासिन्दाको श्रमदान र आफ्नो पहलमा कार्यालय भवन बनेको थियो । घर/घरबाट श्रमदान जुटेको थियो । त्यो भवनमा अहिले थाहा नगरपालिकाको संयुक्त वडा कार्यालय छ ।
विष्टले शिखरकोट गाउँ पञ्चायतमा बाटोघाटो निर्माण लगायतका काममा पनि श्रमदान गराउँथे । प्रत्येक घरधुरीले महिनाको तीन दिन श्रमदान गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको थियो । श्रमदान गर्न नसक्नेले तीन दिनको ज्याला बराबरको रकम गाउँ पञ्चायतमा बुझाउनुपथ्र्यो । विकास निर्माण कार्यमा विष्ट आफैं पनि खटिन्थे । श्रमदान गर्न आउनेलाई मकै र भटमास खाजा दिन्थे ।
गाउँ पञ्चायतको कार्यालय भवन निर्माण गर्नुअघि उनले टोलटोलमा गएर रायसुझाव संकलन गरेका थिए । ‘गाउँलेसंँग सयभन्दा बढी मिटिङ गरेपछि उनले विकास घर बनाउन सुरु गरेका थिए,’ स्थानीय ८० वर्षीय रामहरि कार्कीले सुनाए, ‘जनताको समर्थन लिएर मात्र काम सुरु गर्थे, गाउँलेको श्रमदानवाट उनले ठूलो कार्यालय बनाइदिए ।
विष्टले प्रधानपञ्च भएका बेला शिखरकोट गाउँ पञ्चायतलाई खुला दिसामुक्त बनाउने अभियान चलाएका थिए । २०२२ सालमा उनले त्यस्तो अभियान चलाए पनि २०६७ सालमा मात्र पुरा भयो । विष्ट खुला स्थानमा दिसापिसाब गर्नेलाई कान समातेर सार्वजनिक स्थानमा उठबस गराउँथे ।
विष्ट गाउँ पञ्चायतबाट पाउने कुनै पनि सेवासुविधा लिँदैनथे । तलब लिने र सेवासुविधा कुम्ल्याउनेहरू सच्चा जनप्रतिनिधि हुन नसक्ने उनको धारणा थियो । उनी प्रधानपञ्च भएकै अवस्थामा तत्कालीन शिखरकोट र पालुङ गाउँ पञ्चायतमा जीवन ज्योति र नवजीवन ज्योति पुस्तकालय स्थापना भयो । प्रधानपञ्च भएकै बेला त्यस क्षेत्रमा बेमौसमी तरकारी खेती उनले नै सुरु गराए । उन्नत जातका राँगा र बोका पनि उनले गाउँमा भित्र्याए । उनकै अगुवाइमा गाउँमा साक्षरता अभियान सुरु भयो । छोराछोरी नपढाउने बाबुआमा मुर्दावाद भनेर नारा घन्काइन्थ्यो ।
अप्रजातान्त्रिक व्यवस्थाको स्थानीय निकायमा निर्वाचित विष्टले गाउँ पञ्चायतलाई गाउँलेको हितमा प्रयोग गरेका थिए । जनप्रतिनिधिहरू शासक होइनन्, सेवक हुन् भन्ने कुराको उनले प्रमाणित गरेका थिए । गाउँ पञ्चायतको लेटरप्याडको तल्लो भागमा ‘जनता विकासका मुहान हुन्’ भन्ने नारा लेखिएको हुन्थ्यो । राजनीति पेसा होइन, सेवा हो भन्ने भावनाले उनी ओतप्रोत थिए । जनतालाई प्राथमिकता दिएकै कारण विष्टलाई अहिले सबैले सम्झन्छन् ।
अहिले स्थानीय तहलाई संविधानले स्थानीय सरकारका रूपमा परिभाषित गरेको छ । अधिकार र दायित्वका कारण स्थानीय तहलाई सरकार रूपमा प्रस्तुत गरिएको हो । तर निर्वाचित जनप्रतिनिधिले आफू शासक भएको अनुभूति गर्न थालेका छन् । उनीहरूले दिवंगत विष्टलाई कसरी बुझ्लान् र उनीबाट के सिक्लान् ?
विष्ट दुईपटक राष्ट्रिय पञ्चायतका सदस्य पनि भए । तर सेवासुविधामा डुबेनन् । अन्याय र अत्याचार विरुद्ध जुधिरहे । सत्य र न्यायका पक्षपाती तथा निष्पक्षकर्मी रूपचन्द्र विष्ट ‘थाहा’को निधन २०५६ असार ७ गते काठमाडांैका वीर अस्पतालमा भयो ।
विष्ट भोकानाङ्गा र समाजमा दबाइएकाहरूलाई जागृत गराउन मकवानपुरवासीका घर/घर पुगेर आफ्नालागि आफै उठ्नुपर्ने सन्देश छर्थे । उनले गरिब, दु:खी र महिलाको जागरणमा निस्वार्थ ढंगले जीवन अर्पेका थिए । सिंगो मकवानपुरलाई कर्मथलो बनाएका विष्टको भौतिक शरीर हाम्रो सामुबाट हराएको १८ वर्ष बिते पनि उनले छरेका चेतनाका बीउहरू अहिले मौलाइरहेका छन् । यो परिवर्तित अवस्थामा सिंगो मुलुक इमान र निष्ठा भएका अर्को रूपचन्द्र विष्टको प्रतीक्षामा छ । विष्टका आदर्श, जीवनशैली र व्यवहार अहिलेका जनप्रतिनिधि, किशोर–किशोरी र युवालाई मिथकजस्तो लाग्ने गरेको छ ।
जात, नाता, गुट, सम्पत्ति र स्वार्थले मुलुकको राजनीति व्यापारीकरण भइरहेको अवस्थामा साढे तीन दशक अगाडि विष्ट ‘जातभन्दा जनता, नाताभन्दा न्याय र स्वार्थभन्दा सत्य ठूलो हो’ भन्थे । शारीरिक रूपले अग्लो र विचार एवं व्यवहारले उँचो रहेका विष्टका सामुन्ने अहिलेका सबै दलका नेता र जनप्रतिनिधि पुड्का देखिन्छन् । ‘जो जति शक्तिमा छ, समाज सप्रे—बिग्रे त्यो त्यति जिम्मेदार छ,’ तीन दशकअघि विष्टले वितरण गरेको पर्चामा लेखिएको थियो । दोषजति अरुलाई दिने, राम्रो कामको जश आफूले मात्र लिने प्रवृत्ति मौलाइरहेको अवस्थामा उनको यो भनाइ अहिले पनि सान्दर्भिक छ ।
जुन वर्गको राजनीति रोज्यो, त्यही वर्गको जिन्दगी बाँच्न खोज्ने, धन–मान–मोजको आकर्षणबाट कहिले विचलित नहुने विष्टको आदर्श चरित्र नेपाली राजनीतिज्ञ र जनप्रतिनिधिको निम्ति प्रेरणाका स्रोत बन्नुपर्छ । विष्टले इमानदार जनप्रतिनिधिको काममात्र गरेनन्, मकवानपुरको दामन–पालुङ क्षेत्रलाई आधुनिक खेतीतर्फ उन्मुख गराएर किसान नेता पनि बन्न सफल भए । मुलुकमा यस क्षेत्रले बेमौसमी तरकारी उत्पादनका निम्ति कमाएको ख्याति उनकै देन हो । त्यही कर्मथलो दामन, पालुङ, बज्रवराही, टिष्टुङ, चित्लाङ र आग्रा गाविसलाई समेटेर विष्टकै स्मृतिमा सरकारले थाहा नगरपालिका बनाएको छ ।
गाउँको विकासमा गाउँकै वासिन्दाको श्रम र लगानी हुनुपर्छ भन्ने अवधारणाबाट दामन—पालुङमा २०३१ सालमा उनले निर्यातजन्य वस्तुमा कर उठाउने प्रचलन सुरु गरेका थिए । अहिले यस क्षेत्रको विकास निर्माणको आधार यही कर बनेको छ । कुनै दलसँंग आबद्ध नरहेका विष्ट आग्रह र पूर्वाग्रहबाट मुक्त भएर निष्पक्ष ढङ्गले व्यवहार गर्थे । उनी राजनीतिज्ञभन्दा पनि दार्शनिक, चिन्तक र समाज सुधारक हुन् । उनले सार्वजनिक गरेका पर्चाहरू यसकै उदाहरण हुन् ।
विष्टले २०३८ र ०४३ सालमा मकवानपुरबाट तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका थिए । आफ्ना प्रतिद्वन्द्वीहरू भित्ताभरि फोटो टाँसेर चुनाव लडिरहेको अवस्थामा उनी फोटो होइन, विचार राखेर निर्वाचन लड्थे । निर्वाचन तडक–भडकपूर्ण बन्दै गएका बेला उनको त्यो शैली अनुकरणीय छ । विष्ट शिखरकोटको घर्तीखोलामा १९९० पुस २६ गते जन्मिएका हुन् । उनले समाज सुधारको अभियान दामन—पालुङबाट प्रारम्भ गरे । विष्टका विचार, चिन्तन र आदर्श व्यवहारलाई कुनै पनि राजनीतिक दर्शनको घेरामा कैद गर्नु हुँदैन । उनी बाँचुन्जेल सत्य र न्यायका मात्र भए । उनका विचार अध्ययन विश्लेषण गरेर व्यवहारमा उतार्नसके सच्चा श्रद्धाञ्जली हुनेछ ।
तस्विरहरु : विभिन्न महानुभावको फेसबुक पोष्टबाट साभार
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...















-1780-1781487498.jpg)

