७ असार, हेटौँडा । सरकार परिवर्तनसंगै मकवानपुरमा अहिले फेरि चोक चौतारामा गफ शुरु भएको छ, मकवानपुरबाट को मन्त्री बन्लान् भन्ने । विगतमा सरकार परिवर्तन भएपनि मकवानपुरमा यस्तो गफ हुँदैन थियो । तर पछिल्लो समय सरकार परिवर्तन भएसँगै यो चर्चा परिचर्चा हुने गरेको छ ।
मकवानपुरमा राप्रपा अध्यक्ष कमल थापा बाहेक अन्य दलबाट मन्त्री हुनु असम्भव झैं भएकाले विगतमा चर्चा नहुने गरेको हो । तर पछिल्लो समय नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ दुई पटक राज्यमन्त्री भएपछि सरकार परिवर्तनसँगै मकवानपुरमा चर्चा परिचर्चा बाक्लिने गरेको छ । विगतमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय उर्जा राज्यमन्त्री भएकी थिईन् । त्यसपछि बानियाँले मकवानपुरमा राज्यमन्त्री बन्ने अवसर पाए, शुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन , पछि गृह ।
अहिलेको सरकारमा मकवानपुरबाट को मन्त्री बन्ला भन्ने चासो धेरैमा छ । कांग्रेसबाट बानियाँ फेरि मन्त्री हुने अड्कल भईरहेको छ भने केन्द्रीय सदस्य महालक्ष्मी डिनाको मन्त्री हुने पक्का भईसकेको चर्चा मकवानपुरमा छ । त्यस्तै, अघिल्लो सरकारमा कानून मन्त्री बन्ने चर्चामा आएर मन्त्री बन्न नसकेका सांसद रामनारायण विडारीको नाम पनि अहिले पुनः मकवानपुरेमाझ चर्चामा छ ।
दुबै पार्टीका स्रोतहरुका अनुसार यसपटक मकवानपुरबाट कम्तिमा पनि एकजना मन्त्री बन्ने करिव निश्चित छ । नेपाली कांग्रेसबाट मकवानपुरका सभापति समेत रहेका बानियाँले यसपटक मनत्री बन्न इच्छा राखेका छैनन् । उनी आसन्न प्रदेश र संघीय चुनावमा पार्टीलाई मकवानपुरमा स्थापित गर्न र आफ्नो तयारीमा जुट्ने सोचमा रहेको उनी निकट नेताले बताए । ‘उहाँले मन्त्री बन्ने इच्छा त राख्नु भएको छैन तर पार्टीले के गर्छ ?’–ति नेताले भने । कांग्रेसबाट उपाध्याय मन्त्री बन्ने मकवानुरका कांग्रेस कार्यकर्ता र उनका शुभचिन्तकहरुको दावि छ । बानियाँ नै उपाध्यायलाई मन्त्री बनाउने पक्षमा रहेको उनीहरुको भनाई छ । धेरैले उपाध्याय ‘महिला, बालबालिका तथा समाकल्याण’ मन्त्री बन्ने दावि गरिरहेका छन् । देउवा प्यानलकी प्रभावशाली नेतृ भएकाले पनि उनको मन्त्री बन्ने सम्भावना प्रवल रहेको मकवानपुरका कांग्रेसजन बताउँछन् ।
नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता र कानूनका जानकार रहेका विडारीले यसपटकको मन्त्रीमण्डलमा स्थान पाउने उनी निकट माओवादी कार्यकर्ताको दावि छ । अघिल्लो सरकारमा कानून मन्त्रीमा प्रभु साह र उनको नाम चर्चामा रहेपनि अन्तिममा अजयशंकार नायक कानून मन्त्री बने । यसपटक प्रभु साहलाई शहरी विकास मन्त्रीको जिम्मेवारी दिईसकेकाले पनि विडारीको सम्भवना बढेको माओवादीका एक नेताले बताए । विडारी संविधान निर्माण गर्दा मस्यौदा समितिमा समेत रहेका थिए । सरकारले गठन गर्ने विभिन्न समितिमा उनलाई प्राथमिकताका साथ राख्ने गरिएको छ । महाअभियोग समितिमा समेत रहेका उनी प्रचण्डका विश्वासिला नेताको रुपमा चिनिन्छन् ।
आफ्ना नेतालाई मन्त्री बनाउन नेपाली कांग्रेस र माओवादी केन्द्रबाट पनि केन्द्रमा लविङ तिब्र पारिएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने जनाएकाले मकवानपुरबाट को मन्त्री बन्ला वा नबन्ला भन्ने थाहा एक सातापछि मात्रै लाग्ने देखिन्छ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







