७ असार, हेटौँडा । सरकार परिवर्तनसंगै मकवानपुरमा अहिले फेरि चोक चौतारामा गफ शुरु भएको छ, मकवानपुरबाट को मन्त्री बन्लान् भन्ने । विगतमा सरकार परिवर्तन भएपनि मकवानपुरमा यस्तो गफ हुँदैन थियो । तर पछिल्लो समय सरकार परिवर्तन भएसँगै यो चर्चा परिचर्चा हुने गरेको छ ।
मकवानपुरमा राप्रपा अध्यक्ष कमल थापा बाहेक अन्य दलबाट मन्त्री हुनु असम्भव झैं भएकाले विगतमा चर्चा नहुने गरेको हो । तर पछिल्लो समय नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ दुई पटक राज्यमन्त्री भएपछि सरकार परिवर्तनसँगै मकवानपुरमा चर्चा परिचर्चा बाक्लिने गरेको छ । विगतमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय उर्जा राज्यमन्त्री भएकी थिईन् । त्यसपछि बानियाँले मकवानपुरमा राज्यमन्त्री बन्ने अवसर पाए, शुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन , पछि गृह ।
अहिलेको सरकारमा मकवानपुरबाट को मन्त्री बन्ला भन्ने चासो धेरैमा छ । कांग्रेसबाट बानियाँ फेरि मन्त्री हुने अड्कल भईरहेको छ भने केन्द्रीय सदस्य महालक्ष्मी डिनाको मन्त्री हुने पक्का भईसकेको चर्चा मकवानपुरमा छ । त्यस्तै, अघिल्लो सरकारमा कानून मन्त्री बन्ने चर्चामा आएर मन्त्री बन्न नसकेका सांसद रामनारायण विडारीको नाम पनि अहिले पुनः मकवानपुरेमाझ चर्चामा छ ।
दुबै पार्टीका स्रोतहरुका अनुसार यसपटक मकवानपुरबाट कम्तिमा पनि एकजना मन्त्री बन्ने करिव निश्चित छ । नेपाली कांग्रेसबाट मकवानपुरका सभापति समेत रहेका बानियाँले यसपटक मनत्री बन्न इच्छा राखेका छैनन् । उनी आसन्न प्रदेश र संघीय चुनावमा पार्टीलाई मकवानपुरमा स्थापित गर्न र आफ्नो तयारीमा जुट्ने सोचमा रहेको उनी निकट नेताले बताए । ‘उहाँले मन्त्री बन्ने इच्छा त राख्नु भएको छैन तर पार्टीले के गर्छ ?’–ति नेताले भने । कांग्रेसबाट उपाध्याय मन्त्री बन्ने मकवानुरका कांग्रेस कार्यकर्ता र उनका शुभचिन्तकहरुको दावि छ । बानियाँ नै उपाध्यायलाई मन्त्री बनाउने पक्षमा रहेको उनीहरुको भनाई छ । धेरैले उपाध्याय ‘महिला, बालबालिका तथा समाकल्याण’ मन्त्री बन्ने दावि गरिरहेका छन् । देउवा प्यानलकी प्रभावशाली नेतृ भएकाले पनि उनको मन्त्री बन्ने सम्भावना प्रवल रहेको मकवानपुरका कांग्रेसजन बताउँछन् ।
नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता र कानूनका जानकार रहेका विडारीले यसपटकको मन्त्रीमण्डलमा स्थान पाउने उनी निकट माओवादी कार्यकर्ताको दावि छ । अघिल्लो सरकारमा कानून मन्त्रीमा प्रभु साह र उनको नाम चर्चामा रहेपनि अन्तिममा अजयशंकार नायक कानून मन्त्री बने । यसपटक प्रभु साहलाई शहरी विकास मन्त्रीको जिम्मेवारी दिईसकेकाले पनि विडारीको सम्भवना बढेको माओवादीका एक नेताले बताए । विडारी संविधान निर्माण गर्दा मस्यौदा समितिमा समेत रहेका थिए । सरकारले गठन गर्ने विभिन्न समितिमा उनलाई प्राथमिकताका साथ राख्ने गरिएको छ । महाअभियोग समितिमा समेत रहेका उनी प्रचण्डका विश्वासिला नेताको रुपमा चिनिन्छन् ।
आफ्ना नेतालाई मन्त्री बनाउन नेपाली कांग्रेस र माओवादी केन्द्रबाट पनि केन्द्रमा लविङ तिब्र पारिएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने जनाएकाले मकवानपुरबाट को मन्त्री बन्ला वा नबन्ला भन्ने थाहा एक सातापछि मात्रै लाग्ने देखिन्छ ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

