२१ भदौ, हेटौंडा । दक्षिण एसिया यतिबेला विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को इपिसेन्टर बनेको छ । कोभिड–१९ बाट दक्षिण एसियाली मुलुकहरु नराम्ररी प्रभावि भएका छन् । दक्षिण एसियाली मुलुकहरुमा भारत पाकिस्तान लगाएतका देशहरु कोरोनाको चपेटमा परेका छन भने नेपाल पनि अछुतो रहन सेकेको छैन ।
दक्षिण एसियाली मुलुकहरुमा भारत सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ ।
भारत
दक्षिण एसियाली देशहरुमा कोरोना संक्रमणबाट भारत सबैभन्दा बढी प्रभावित भएको छ । आइतबार विहानसम्म भारतमा ४१ लख १० हजार ८ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै यहाँ ७० हजार ६ सय ७९ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएकामध्ये भारतमा ३१ लख ७७ हजार ६ सय ७३ जना उपचारपछि निको भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ९० हजार ६ सय नयाँ सक्रमित थपिएका छन् भने १ हजार ४४ जनाको मृत्यु भएको छ ।
भारत कोरोना प्रभावित हुने मुलुकहरुमा विश्वको तेश्रो स्थानमा रहेको छ ।
बंगलादेश
दक्षिण एसियाली मुलुकहरुमा भारतपछि बंगलादेशमा सबैभन्दा बढी संक्रमित रहेका छन् । यहाँ कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार ५ सय ६५ रहेको वल्र्डोमिटरले जनाएको छ ।
बंगलादेशमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५० जना संक्रमित थपिएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।
यहाँ ४ हजार ४ सय ४७ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ भने २ लाख १७ हजार ८ सय ५२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
पाकिस्तान कोरोना प्रभावित हुने मुलुकहरुमा विश्वको चौधौ स्थानमा रहेको छ ।
पाकिस्तान
दक्षिण एसियाली मुलुकहरुमा भारत र बंगलादेशपछि पाकिस्तानमा सबैभन्दा बढी संक्रमित रहेका छन् । यहाँ कोरोना संक्रमितको संख्या २ लाख ९८ हजार २५ रहेको वल्र्डोमिटरले जनाएको छ ।
पाकिस्तानमा पछिल्लो २४ घण्टामा ५ सय १३ जना संक्रमित थपिएका छन् भने ५६ जनाको मृत्यु भएको छ ।
यहाँ ६ हजार ३ सय ४० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ भने २ लाख ८२ हजार ५ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
पाकिस्तान कोरोना प्रभावित हुने मुलुकहरुमा दक्षिण एसियाली मुलुकमा तेश्रो स्थानमा छ भने विश्वको सत्रौ स्थानमा रहेको छ ।
।
नेपाल
कोरोना संक्रमणबाट पछिल्लो समय नेपाल पनि प्रभावित भइरहेको छ । दक्षिण एसियाली मुलुकहरुमा भारत, बंगलादेश र पाकिस्तान पछि नेपाल चौथो स्थानमा रहेको छ ।
नेपालमा शनिवार साँझसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४५ हजार २ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा १ हजार ४१ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना भाइरसबाट हालसम्म २ सय ८० जनाको मृत्यु भएको छ । यहाँ पछिल्लो २४ घण्टामा ९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
कोरोना संक्रमण पुष्टि भएकामध्ये अहिलेसम्म २७ हजार १ सय २७ जना निको भएर घर फर्किएका छन् ।
नेपाल कोरोना प्रभावित हुने मुलुकहरुमा विश्वको ५६ औं स्थानमा रहेको छ ।
अफगानिस्तान
अफगानिस्तानमा अहिलेसम्म कोरोना संक्रमणबाट ३८ हजार ३ सय २४ जना मानिस संक्रमित भएका छन् ।
कोरोन संक्रमणबाट यहाँ अहिलेसम्म १ हजार ४ सय ९ जनाको मृत्यु भएको छ भने ३० हजार ८२ जना उपचारपछि निको भएका छन् ।
पछिल्लो २४ घण्टामा २० जना नयाँ संक्रमित थपिएको अफगानिस्तानमा कसैको पनि मृत्यु भएको छैन ।
अफगान्स्तिान कोरोना प्रभावित हुने दक्षिण एसियाली मुलुकको पाँचौ स्थानमा रहँदा विश्वको ६३ औं स्थानमा रहेको छ ।
मालदिभ्स
दक्षिण एसियाली देश मालदिभ्समा हालसम्म ८ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ ।
यहाँ संक्रमणका कारण अहिलेसम्म २९ जनाले ज्यान गुमाएका छन् । मालदिभ्समा उपचारपछि निको हुनेको संख्या ५ हजार ८ सय २२ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ सय २५ जना नयाँ संक्रमित थपिएको मालदिभ्समा कसैको पनि मृत्यु भएको छैन ।
कोरोना प्रभावित एसियाली मुलुकहरुको छैठौं स्थानमा रहेको मालदिभ्स विश्वको ९८ औं स्थानमा रहेको छ ।
श्रीलंका
श्रीलंकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ हजार १ सय २१ पुगेको छ । श्रीलंकामा पछिल्लो २४ घण्टामा ६ जना नयाँ संक्रमित थपिएका छन् ।
अहिलेसम्म कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको श्रीलंकामा केही दिन यता मृतकको संख्या सुन्य रहेको छ । कोरोना पुष्टि भएकामध्ये श्रीलंकामा २ हजार ९ सय १८ जना निको भएका छन् ।
कोरोना प्रभावित एसियाली मुलुकहरुको सातौ स्थानमा रहेको श्रीलंका विश्वको १२७ औं स्थानमा रहेको छ ।
भुटान
दक्षिण एसियाली मुलुकहरुमा कोरोनाबाट भुटान सबैभन्दा कम प्रभावित देश हो । यहाँ अहिलेसम्म २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ जनामा कोरोना संक्रमण देखिएको भुटानमा अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन ।
भुटानमा संक्रमित भएका मध्ये १ सय ५० जना उपचारपछि निको भएका छन् भने ७८ जनाको अहिले पनि उपचार चलिरहेको छ ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















