Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

‘नमस्ते काठमान्डु’ सार्वजनिक

19490048_1723765660984597-1498302246.jpg

सुनिल शिवाकोटी

१० असार, हेटौँडा । चलिचित्र निर्देशक एवं वरिष्ठ चलचित्र पत्रकार डब्बु क्षत्रीद्वारा यौन बिषयबस्तुमा  लिखीत  कथा संग्रह ‘नमस्ते काठमान्डु’  हेटौंडामा सार्वजनिक गरिएको छ ।

चलचित्र विकास वोर्डका सदस्य नरेन्द्र महर्जन तथा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाइले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । चलचित्र पत्रकार संघ मकवानपुरले आयोजना गरेको सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले २१औं शताब्दीमा  यौनका कुरा पढन नेपाली समाजमा कुना पस्नु पर्ने अवस्थालाई  यस कथा संग्रहको प्रकाशनले यौनका कुरालाई समेटी यस्तो अवस्थाको अन्त्य हुने अपेक्षा गरे । 

त्यसैगरी चलचित्र विकास वोर्डका सदस्य नरेन्द्र महर्जनले यस पुस्तक सबैको रुचिको बिषय बन्नेमा विश्वास ब्यक्त गरे । पत्रकारहरुसंगको अन्तरक्रियामा लेखक क्षत्रीले पुस्तक मनोविज्ञानमा आधारित र यौन विद्रोहको विषयमा लेखिएकोले पुस्तकबाट पाठकहरूले यौनका विषयमा जानकारी पाउने कुरा व्यक्त गरे ।  

चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, पव्लिकेशनका पुष्पराज पौडेल लगायतको  सहभागिता रहेको थियो ।

शिखा बुक्सले प्रकाशित तथा  ज्ञानज्योति बुक्स पब्लिकेसनले वितरणको जिम्मा लिएको पुस्तकको मूल्य २४० तोकिएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार