Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कोइरालाको जन्मजयन्ती मनाईयो

FB_IMG_1498990691440-1498991326.jpg

१८ असार, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले लोकतान्त्रिक आन्दोलनका अगुवा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ती आईतबार मनाएको छ ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९४ औं जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेलगायतका जिल्लाका नेता तथा कार्यकर्ताहरुले कोईरालाको फोटोमा माल्यार्पण गर्दै जन्मजयन्ती मनाईएको हो ।
जन्मजयन्ती कार्यक्रममा बोल्दै कार्यबाहक सभापति लामिछानेले २०६२/६३ सालको जनआन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाले देश र जनताको लागि गरेको महत्वपूर्ण योगदान विर्सन नहुने बताए ।कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो ।पार्टी कार्यालयमा भएको कार्यक्रममा पार्टीका पदाधिकारीहरु, जिल्ला सदस्य एवं विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । 

कोईरालाको नेतृत्वमा २ सय ३८ वर्षे सामन्ती राजतन्त्रको अन्त्य गराउनुको साथै १० वर्षे सशस्त्र द्वन्दमा होमिएका माओवादीलाई संसदीय अभ्यासमा ल्याउने कामसमेत उनले गरेका थिए ।
गिरिजाप्रसाद कोइरालाका बुवा कृष्णप्रसाद कोइरालालाई तत्काकालिन राणा शासकहरुले निर्वासनमा पठाएका बेला बि.सं. १९८१ असार १८ गते भारतको बिहारस्थित सहर्सा जिल्लामा उनको जन्म भएको हो ।
नेपाली काँग्रेसको नेतृत्व र प्रधानमन्त्रीका रुपमा सबैभन्दा धेरै पटक देशको नेतृत्व गर्नुका साथै मुलुककै पहिलो राष्ट्रप्रमूखसमेत रहेका कोइरालाले पछिल्लो समय देशमा गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका सबैका लािग स्मरणीय छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार