२० साउन, हेटौँडा । अन्तरजातिय विवाह गरेको कारण एक युवकको हत्या भएको भन्दै किशोरकिशोरी समूह सञ्जाल मकवानपुरले छानविनको माग गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकमार्फत विहिबार ज्ञापनपत्र बुझाउँदै उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
सञ्जालले काभ्रे पाँचखाल नगरपालिका–६ का अजित मिजारको अन्तरजातिय बिबाहका कारण हत्या भएको भन्दै हत्यारालाई कार्बाहिको माग गरेका छन् । असार २५ गते स्थानीय कल्पना पराजुलीसँग मिजारले विवाह गरेपछि विवाद हुँदा पाँचखाल प्रहरी चौकीले मिलापत्र गरी दुबैलाई आफ्नो अभिभावको जिम्मा लगाएको थियो । असार २९ गते वेपत्ता भएका मिजार असार ३० गते धादिङ कम्पुर–३ मा झुण्डिको अवस्थामा फेला परेका थिए । घटनास्थल पुगेका आफुन्तले घटना शंकास्पद भएको भन्दै प्रहरीमा उजुरी दर्ता गरेपनि छानविनमा वेवास्ता भएको ज्ञापनपत्रमा उल्लेख छ ।
प्रशासन कार्यालय पुगेर सञ्जालमा आवद्ध एकता किशोर किशोरी सञ्जाल मनहरी, मेलमिलाप किशोर किशोरी सञ्जाल पदमपोखरी, शसक्त किशोर किशोरी सञ्जाल, थाहानगर, चेतनशिल किशोर किशोरी सञ्जाल हाँडिखोला, अधिकार मुखी किशोर किशोरी सञ्जाल निबुवाटार–भिमफेदि, सम्बाद किशोर किशोरी सञ्जाल एनिमेटर छत्तिवन, पारीजात किशोर किशोरी सञ्जाल बसामाडि, समाज किशोर किशोरी सञ्जाल हर्नामाडि, नबयुग किशोर किशोरी सञ्जाल हटिया, प्रशंसा किशोर किशोरी सञ्जाल मकवानपुर गढिमा आवद्ध किशोरकिशोरीले प्रमुख जिल्ला अधिकारी विकलाई संयुक्त ज्ञापन पत्र बुझाएका छन् ।
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...


















