२१ असार,हेटौँडा । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) ले २५ जिल्लाका ३ सय ४ स्थानीय तहमा मतगणना सम्पन्न भईसककोे जनाएको छ ।
निर्वाचन आयोगले कूल ३५ जिल्ला मध्ये २५ जिल्लाको मत परिणाम आईसकेको जनाएको छ। त्यसैगरी संयुक्त निर्वाचन परिचालन केन्द्रले हाल १० जिल्लाका ३० स्थानीय तहको मतगणना कार्य जारी रहेको र ३ स्थानीय तहमा स्थगित भएको मतगणना कार्य सुचारु गर्ने प्रयास भइरहेको बताएको छ ।
प्राप्त मतपरिणमा अनुसार नेकपा (एमाले) १३३ स्थानीय तहमा विजयी भई पहिलो दल बनेको छ, भने अझै १८ स्थानीय तहमा अग्रता लिइरहेको छ। त्यसैगरी नेपाली कांग्रेस कुल ११५ स्थानीय तहमा विजयी भई एमालेलाई पछ्याई रहेको छ। नेपाली कांग्रेसको अग्रता ७ ठाँउमा मात्रै रहेको छ ।माओवादी केन्द्रले भने ३६ स्थानीय तह विजयी भई तेस्रो स्थान रहेको छ ,भने १ स्थानमा अग्रता लिइरहेको छ । नयाँ शक्तिसँग तालमेल गरेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल ६ स्थानीय तहमा विजयी भएको छ र विजय कुमार गच्छदारको नेपाल लोकतान्त्रिक फोरम पनि ६ स्थानीय तहमा विजयी भएको छ ।
त्यस्तै संसदमा चौथो शक्ति रहेको राप्राप नेपाल दोस्रो चरणको निर्वाचनमा पनि कमजोर देखिएको छ अहिले सम्म राप्रपाले जम्मा ४ स्थानमा मात्रै जित हात पारको छ । त्यस्तै राष्ट्रिय जनमोर्चा २ ठाँउमा र २ ठाँउमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



