२२ असार, हेटौँडा । फिफा वरियतामा नेपाल एक स्थान तल झरेर १ सय ७० औँ स्थानमा पुगेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ७० औँ स्थानमा पुगेको हो ।
दक्षिण एसियामा भारत शीर्ष स्थानमा कायमै छ । ४ स्थान माथि चढेर भारत ९६ औं स्थानमा पुगेको छ । दक्षिण एसियामा भारतसँगै माल्दिभ्स र भुटान नेपाल भन्दा अगाडी छन् भने बंगलादेश, श्रीलंका र पाकिस्तान भने नेपालभन्दा पछि छन् । १४ स्थान सुधार गरेको माल्दिभ्स १ सय ४२ तथा २ स्थान सुधार गर्दै भुटान १ सय ६४ औं स्थानमा उक्लेको छ । बंगलादेश १ सय ९० औं, श्रीलंका १ सय ९७ औं, पाकिस्तान २ सयौँ स्थानमा छ ।
ब्राजिललाई पछि पार्दै जर्मनी पहिलो स्थानमा पुगेको छ । गएको आइतबार सम्पन्न कन्फेडेरेसन कपको उपाधि जितेको विश्व विजेता जर्मनी ब्राजिललाई पछि पार्दै विश्व वरियताको शीर्ष स्थानमा पुगेको हो । जर्मनी दुई स्थान सुधार गर्दै २ वर्षपछि शीर्ष स्थानमा पुगेको हो । एक स्थान तल झरेको ब्राजिल दोश्रो स्थानमा छ भने अर्जेन्टिना तेश्रो स्थानमा छ ।
यस्तै कन्फेडेरेसन कपको सेमिफाइनल पुगेको पोर्चुगल ४ स्थान सुधार गर्दै चौथो स्थानमा उक्लेको छ भने ४ स्थान नै सुधार गरेका स्वीट्जरल्याण्ड र पोल्याण्ड पाँचौ र छैटौँ स्थानमा छन् ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







