२ मंसिर, हेटौंडा । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व मंगलबार दोस्रो दिन नेवारी समुदायले किजापूजा गरेसँगै समाप्त भएको छ ।
नेवार समुदायको केही समूहमा कात्तिक शुक्ल द्वितीयामा सूर्योदय भएका दिन नै भाइटीका लगाउने कुल परम्परा रहेकाले त्यस समूहका दाजुभाइले मंगलबार दिदीबहिनीबाट टीका लगाएका हुन् ।
नेवार समुदायका केही समूहका दिदीबहिनी र दाजुभाइले श्रद्धा, र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका छन् ।
दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । यमपञ्चक भने सोमबार नै सकिएको हो ।
यसैगरी दिदीबहिनी एवं दाजुभाइ नहुनेले भाइटीकाका अवसरमा दर्शन गर्ने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर मंगलबारपनि बिहानैदेखि खुला राखिएको थियो ।
यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणपछि तिहारमा पहिलो पटक खुलेको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिनमात्रै खुल्ने परम्परा रहीआएको छ ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गएर पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । पाँच वर्षपछि खुलेको बालगोपालेश्वरमा मंगलबार पनि भक्तजनको भीड लागेको थियो । भाइटीकाका अवसरमा मंगलबारपनि सरकारले सार्वजनिक बिदा दिएको थियो ।
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...
१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ । ६३ औँ वार्षिक...
१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...
१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...











-1780-1781487498.jpg)






