Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

महोत्तरीमा प्रहरीको गोली लागी घाइते २ जनालाई काठमाडौं लगियो,डिएसपी सहित १५ घाइते

20201124_165419-1606216511.jpg

९ मंसिर, महोत्तरी। बर्दिबास नगरपालिका–१४ स्थित शुभम् वस्तीकी बालिका ६ वर्षीया गुलाव शाह खातुनको हत्यामा संलग्नलाई पक्राउ र पीडित पक्षलाई क्षतिपूर्तिको माग राखेर  स्थानीयले गरेको प्रदर्शनले उग्ररुप लिएपछि  प्रहरीले चलाएको गोली लागेर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।

घटनाको विरोधमा स्थानीयबासीले पूर्वपश्चिम राजमार्ग र वीपी राजमार्ग बन्द गरेपछि  सडक खुलाउन गरेको डिएसपी सहितको टोलीमाथि  स्थानीयबासीले ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर बर्दिबास नगरपालिका–१ का ४५ वर्षका सञ्जय न्यौपाने र बर्दिबासकै श्याम कार्की घाइते भएको जनाइएको छ।घाइते न्यौपानेको कम्मरमुनिको भागमा गोली लागेको छ। कार्कीको घाँटीमा गोली लागेको छ। न्यौपाने र कार्कीको बर्दिबासमा उपचार संभव नभएपछि थप उपचारका लागि   हेलिकप्टरमार्फत् काठमाडौं लगिएको हो। 

             डिएसपीसहित १५ प्रहरी घाइते

स्थानीयबासीको भीड नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश बिष्टसहित १५ जना प्रहरी घाइते भएका छन्। डिएसपी बिष्टको मुखमा ढुंगाले लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको हो। अन्य प्रहरीको पनि शरीरका विभिन्न भागमा चोट लागेको महोत्तरी प्रहरीले जनाएको छ। महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको थियो।

 बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला परेको थियो। बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बर्दिबासका  डिएसपी  राजन चापागाईंले बताएका छन्। हत्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार