१६ मंसिर,हेटौंडा । हेटौंडा -४ स्कुलरोडमा रहेको रियल युनिक कम्प्युटर इन्ष्टिच्यूटले मकवानपुरमा पहिलो पटक “माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप-२०२१” गराउने भएको छ।सोमबार न्युज क्लब नेपाल हेटौंडा सोमबार भएको पत्रकार सम्मेलनमा इन्ष्टिच्यूटले पहिलो पटक जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरेर माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपको आयोजना गरिएको जनाइएको हो।
पत्रकार सम्मेलनमा बोल्दै इन्ष्टिच्यूटका संचालक श्रमण कुमार श्रेष्ठले मकवानपुरका विद्यार्थीहरुलाई सहभागी गराउने उदेश्यले आउँदै गरेको सन् २०२१ मा कार्यक्रमको आयोजनाको तयारी भइरहेको बताए। प्रतियोगितामा १३ वर्ष देखि २२ वर्ष सम्मका विद्यार्थीहरु सहभागिता हुन सक्ने उनले बताए ।
सहभागी हुने प्रति विद्यार्थी २ हजार १ सय ७० रुपैया शुल्क लाग्ने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागिता जनाउन चाहनेहरुको लागि आउँदो पुष १ गतेबाट रजिष्ट्रशन गर्न सक्ने र प्रत्येक विद्यार्थीले एक लाख ५० हजार बराबरको फाईदा लिन सक्ने बताएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै दीप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दीप कम्प्युटर इन्ष्ट्रिच्युटका संचालक दीपेन्द्र लामिछानेले कन्सल्टेन्सीले नेपालको ७७ वटै जिल्लाका विद्यार्थीहरु बिच प्रतिस्पर्धा गराउने बताए । उनले यस प्रतिस्पर्दाले विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण गर्ने र माईक्रोसफ्ट सर्टिफिकेशन उपलब्ध गराउने बताए । जिल्ला स्तरीय विजेताहरुलाई नेशनल च्याम्पियनसीपका लागि पोखरा लैजाने र पोखरामा ७७ जिल्लाबाट छानिएका ४ सय ६२ जना विजेताहरु बीच प्रतिस्पर्धा गराइने पत्रकार सम्मेलनमा जनाइएको छ ।पोखराबाट प्रत्येक विधाका २ जना गरी शीर्ष ६ जना विद्यार्थी वल्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरीकाको ओर्लान्डो, फ्लोरिडा जाने छन् । विगत १८ वर्ष देखी यस च्याम्पियनसीप भैरहेको र सन् २०२० मा १३५ देशका १० लाख भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)