Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फेकोफन मकवानपुरद्वारा वन उद्यम सम्वन्धी छलफल

F1-1606823264.JPG

१६ मंसिर, हेटौंडा । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजना र हरियो वन कार्यक्रमको सहयोगमा हेटौंडामा ‘वन उद्यम विकासमा सामुदायिक वनको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सचिव सिन्धु ढुंगानाले सामुदायिक वनले वन संरक्षणको क्षेत्रमा उल्लेख्य कार्य गरेको बताउँदै आफु सदैव सामुदायिक वन उपभोक्ता महासंघसंग मिलेर काम गर्न तयार रहेको बताए । वनले उद्यम संचालन गर्दै समुहभित्र रहेका विपन्न उपभोक्ताहरुको जीवनस्तर उठाउनुपर्नेमा जोड दिए । उनले पछिल्लो समयमा काठ सदुपयोगमा लगाएको प्रतिवन्ध तत्काल फुकुवा हुनुपर्ने बताए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले उच्चस्तरीय छानविन समितिले बुझाएको प्रतिवेदन अनुसार सालको काठ ओसारपसार तत्काल खुला गर्नुपर्ने बताईन् । सरकारले संचालन गरेको बैज्ञानिक वन व्यवस्थापन खारेज गरी त्यसमा छुट्टयाईएको बजेट सामुदायिक वन समूहका कार्यक्रममा खर्च गर्नुपर्नेमा जोड दिईन् ।
महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा महासंघ बागमती प्रदेशका सदस्य रामहरी चौलागाई, जिल्ला उपाध्यक्ष गोपिमाया अधिकारी, कोषाध्यक्ष बलराम अधिकारी, महासंघ हेटौंडा नगर अध्यक्ष शम्भुप्रसाद न्यौपाने, बागमती अध्यक्ष दलबहादुर राई, थाहा नगर अध्यक्ष शिवराम थापा क्षेत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय महासंघका अध्यक्षहरुसहितको बैठक समेत बसेको थियो ।
यसैगरी, कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सिन्धु ढुंगानालाई स्वागत गरिएको थियो ।

F2-1606823307.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार