Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

एकैदिन विश्वमा ६ लाख ८४ हजार बढी संक्रमित थपिए

Covid-19-coronavirus-1596-1607132387.jpg

२० मंसिर, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ८४ हजार भन्दा बढी मानिस कारोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट संक्रमित भएका छन् ।
कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ६ लाख ८४ हजार ८४ जना मानिस संक्रमित भएका हुन् । 
यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६ करोड ६२ लाख ११ हजार २६ पुगेको छ ।
विश्वभर भएका कुल संक्रमित मध्ये ४ करोड ५७ लाख ९७ हजार भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् भने १५ लाख २३ हजार भन्दा बढीको ज्यान गएको छ ।
अहिलेपनि विश्वभर १ करोड ८८ लाख भन्दा धैरैजनामा संक्रमण रहेको छ भने १ लाख ६ हजार भन्दा धेरै मानिसको अवस्था गम्भिर रहेको छ ।
विश्वको सबैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार २ सय ७१ जना संक्रमित थपिएका छन् । यहाँ योसँगै यहाँ कुल संक्रमितको संख्या १ करोड ४७ लाख ७२ हजार ५ सय ३४ पुगेको छ । 
यस्तै दोस्रो धेरै प्रभावित देश भारतमा ३६ हजार ६ सय ३८ जना नयाँ संक्रमित थपिदा कुल संक्रमितको संख्या ९६ लाख ८ हजार ४ सय १८ पुगेको छ । 
यसैगरी विश्वको तेस्रो धेरै प्रभावित देश ब्राजिलमा ६५ लाख ३४ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा ४७ हजार ४ सय ३५ जना नयाँ संक्रमित थपिएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको आग्रह
Rastrapati-Ramchandra-Pou-1785416267.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...

राजनीतिक समर्थन जुटाउने जिम्मेवारी बानियाँलाई
IMG-20260730-WA0005-1785415750.jpg

१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...

गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

थप समाचार