Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सिमा नाकालाई कडाई गर्दै कपिलवस्तु प्रहरी ,पाँच महिनामा ६ गुण बढी राजश्व संकलन

Polish_20201212_204557292-1607785449.jpg

२७ मंसिर,तौलिहवा । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पछिल्लो पाँच  महिनामै अघिल्लो वर्ष उठेको राजश्वको ६ गुणा बढी राजश्व संकलन गर्न सफल भएको छ।

अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष २०७६।०७७ मा कपिलवस्तु प्रहरीले  ५५ लाख राजश्व उठाएकोमा यस बर्ष आर्थिक वर्षको ५ महिना र अघिल्लो आर्थिक वर्षको असारसमेत गरी ३ करोड ११ लाख राजश्व उठाएको छ  । यो आर्थिक वर्षका ५ महिनामा मात्रै २ करोड ६४ लाख ९२ हजार ८ सय ३० रुपैयाँ राजश्व उठाउन प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताएका छन् । उनले अघिल्लो वर्षभन्दा ५ दशमलव ६५ गुणा बढी राजश्व उठाउन आफूहरु सफल भएको बताए । 

"सिमावर्ती जिल्लाको रुपामा रहेको सिमा नाकाबाट सामान भित्र्याउने र बाहिर पठाउने गर्दा प्राय धेरै राजश्व उठ्ने गर्छ । कार्यालयको रेकर्ड अनुसार अहिलेसम्म सवारी साधन, लत्ता कपडा, किराना सामान, रागा,भैसी, खसी बोका, केराउ, सुन, चाँदी र अन्य सामानको भन्सारवापत त्यती राजश्व उठेको हो"–एसपी अधिकारीले भने । 

त्यस्तै कपिलवस्तु प्रहरीले ५ महिनामा विभिन्न आरोपमा फरार रहेका ८८ जनालाई पक्राउ गरी १४ लाख ५१ हजार १४४ जरिवाना गराएको छ भने २८ वर्ष २ महिना २९ दिन कैदका लागि सम्बन्धित निकायमा पठाएको जनाइएको छ ।

एसपी अधिकारी जिल्ला आएसँगै जिल्लाको शान्ति सुरक्षा मजबुत रहेको विभिन्न कार्यक्रम मार्फत  सरोकारवाला निकायले  बताएका छन्। प्रहरी उपरीक्षक अधिकारी बढुवासँगै पदस्थापन भएर  गत असार ५ गते कपिलवस्तुको प्रहरी कमाण्ड समाल्न  पुगेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार