Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सर्वोच्च अदालत बार एसोसिएसनमा कांग्रेस निकट शाक्य विजयी

20201220_084714-1608433608.jpg

५ पुस,हेटौँडा ।  सर्वोच्च अदालत बार एसोसिएशनको नयाँ कार्यसमितिका लागि हिजो सम्पन्न निर्वाचनमा  नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहले अध्यक्ष सहित धेरै पदमा विजय हासिल गरेको छ ।

शनिबार काठमाडौंको रामशहापथस्थित सर्वोच्च बारको कार्यालयमा भएको निर्वाचनमा लोकतान्त्रिक समुहका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षमा विजयी भएका छन्।  

शाक्यले २९५ मत पाएका थिए भने  चुनावि मैदानमा उत्रिएका नेकपा  निकटको प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता २५० मत प्राप्त गरेका थिए  । शाक्य ४५ मतान्तरले विजयी भएका हुन। त्यसैगरी उपाध्यक्षमा पदमा भने प्रगतिशिलका उमेदवार  मुकुन्दप्रसाद पौडेलले २८४ मतसहित विजयी भएका छन् । पौडेलले लोकतन्त्रिक समुहका  नमराज रिजाललाई पराजित गरेका हुन। रिजालले  २५४ मत प्राप्त गरेका छन्। 

सचिवमा लोकतन्त्रिक समुहका  ऋषिराम घिमिरे ३१६ मत प्राप्त गरी  विजयी भएका छन् ।उनले प्रगतिशीलका  अञ्जिता खनाल पराजित गरेका हुन। खनालले २२४ मत प्राप्त गरी  सचिवमा पराजित भएकी छिन् ।

सह–सचिवमा शर्मिला श्रेष्ठ (लोकतान्त्रिक) २८० मत प्राप्त गरी  विजयी भएकी छिन् । श्रेष्ठसँग प्रतिष्पर्धा गरेकी शोभा कार्की (प्रगतिशील) पराजित भएकी छिन् । कार्कीले जम्मा २५९ मत पाएकी छिन् ।

कोषाध्यक्षमा विनोदकुमार कार्की (लोकतान्त्रिक) २७४ मतसहित विजयी भएका छन् । कार्कीसँग श्यामकुमार खत्री (प्रगतिशील) २६० मत ल्याएर पराजित भएका छन् ।महिला सदस्यमा अमिता गौतम पौडेल (लोकतान्त्रिक) निर्वाचित भएकी छिन् । गौतमले २९१ मत पाएकी छिन् । पराजित प्रगतिशील समूहकी देवी रेग्मीले २०८ मत पाएकी छिन् ।

सदस्यहरूमा अनन्त कार्की (प्रगतिशील) ले २५८, अनन्तराज लुइँटेल (प्रगतिशील)ले ३०२, तिलकबिक्रम पाण्डे (प्रगतिशील)ले २५६, दीपनारायण शाह (प्रगतिशील)ले ३०३, विकास भट्टराई (लोकतान्त्रिक)ले २७६, राजेन्द्रप्रसाद शाह (लोकतान्त्रिक)ले ३१३, मिराज श्रेष्ठ (लोकतान्त्रिक)ले ३०५, डा.रामहरि त्रिपाठी (लोकतान्त्रिक)ले २६९ र निर्मला भण्डारी (लोकतान्त्रिक)ले २७४ मतसहित निर्वाचित भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार