Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपालले मलेसियालाई  ५ विकेटले हरायो

CAN-logo-1500367916.jpg

 

३ श्रावण, हेटौँडा । अण्डर १९ छनोटअन्तर्गत एसिया क्षेत्रको दोस्रो छनोट खेलमा नेपालले मलेसियालाई  ५ विकेटले जितेको छ ।

 सिङ्गापुरमा भइरहेको छनोट खेलअन्तर्गत मंगलबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले सबै विकेट जाँदा २५ओभर ५ बलमा ५८ रन बनाएको थियो । ५९ रनको लक्ष्य पाएको नेपालले  ९ ओभर ५ बलमा ५ विकेट खर्चीदै  उक्त लक्ष्य पूरा गरेको हो । कप्तान सन्दीप लामिछानेले ८ दशमलव ५ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर पुनः ५ विकेट लिएपछि मलेसिया २५ दशमलव ५ ओभरमा ५८ रन बनाउँदै अल–आउट भएको थियो । ५९ लक्ष्यका साथ जवाफी ब्याटीङमा उक्तेको नेपालको बलिङको तुलनामा  ब्याटिङ भने केही कमजोर देखियो। 

नेपालका लागी सन्दिप सुनारले  ८ बलमा ६ रन बनाए भने  नेपालले ८ रनमा पहिलो विकेट गुमाएको थियो ।  आदिल खान पनि ५ र दीपेन्द्र सिंह ऐरी पनि ४ रनमा बोल्ड भए । ४५ रनमा ४ विकेट गुमाएको नेपालका लागि अर्का प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले सर्वा्धिक ५ चौकाको मद्धतले २३ रन र प्रनित थापामगरले १८ रन बनाए । अनिल साह शुन्यमा आउट भए। रोहित कुमार पौडेल ४ रनमा अविजित रहे। उनले मोहम्मद आमिरको बललाई चौका प्रहार गर्दै नेपाललाई विजय दिलाए । नेपालविरुद्ध लेफ्ट आर्म अर्थोडक्स बलर हाफिजुद्धिनले ३ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए। नेपालले ९ दशमलव ५ ओभरमा ५ विकेट गुमाउँदै ६१ रन बनायो ।  मलेसियाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन नसकेकाले २४१ बल बाँकी छँदै नेपालले लक्ष्य पूरा गरेको हो । पहिलो खेलमा पनि नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो  ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार