१० पुस, हेटौंडा । मनहरी गाउँपालिका वडा नम्बर–४ मसिनेमा रहेको पशुपतिनाथ माविमा अध्ययनरत ७५ जना विद्यार्थीलाई विद्यालय पोशाक, झोला, स्टेशनरी वितरण गरिएको छ ।
विद्यालयमा बिहिबार आयोजित कार्यक्रममा विकासका लागि सहयोग र सहकार्य नेपाल (हेल्पकोड) को सहयोगमा ती शैक्षिक सामग्रीहरु र पोशाक बितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बालबालिकालाई शैक्षिक सामग्री तथा पोशाक बितरण गरेकी हुन् । पुसमाघको ठण्डी महिनामा खालीखुट्टा, बिहान भोकै विद्यालय आउने बालबालिकालाई गैरसरकारी संस्थाको सहयोगले राहत मिलेको भन्दै उपाध्यक्ष बिष्टले खुशी व्यक्त गरिन् ।
विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले विद्यालयमा बालक्लब गठन गर्ने, महिनावारी स्वच्छतासम्बन्धी तालिम सहित प्याड बितरण, खेलकुदका सामग्री बितरणलगायतका काम हेल्पकोडले गरिरहेको जानकारी दिए । बाल क्लबको खातामा बीउपूजीको रुपमा बैंकमा खाता खोलेर रकम राख्ने कार्य गरेपछि बाल क्लबको सक्रियता बढेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा हेल्पकोडकी कार्यक्रम संयोजक शीला देवकोटाले मनहरी–४ को तीनवटै विद्यालयमा १ सय ५० भन्दा बढी बालबालिकालाई सहयोग गरिरहेको जानकारी दिईन् ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)