३ साउन, हेटौँडा । हेटौंडामा मंगलबारबाट सुरु भएको एन्फा कोकाकोला अन्तर विद्यालय छात्र फुटबल प्रतियोगितामा हेटौंडा–५ को बालज्योति माविले विजय सुरुवात गरेको छ । मङ्गलबार भएको उद्घाटन खेलमा साविक विजेता भीमफेदीको महेन्द्र माविलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै बालज्योतिले विजय यात्रा सुरु गरेको हो ।
निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरबाट विजेताको टुङ्गो लगाइएको हो । बालज्योतिका तर्फबाट बुद्ध तितुङ, मिलन अर्याल र सुमन राईले गोल गरे । खेलको म्यान अफ दी म्याच बालज्योतिका गोलगोरक्षक अनन्त पाठक भए ।
हेटौंडा–९ स्थित औद्योगिक क्षेत्रको मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य अरुणराज सुमार्गीले गरेका हुन् । फुटबल संघका कार्यवाहक अध्यक्ष अतुल बर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, हेटौंडा औद्योगिक व्यवस्थापन क्षेत्रका इन्जिनियर निमेष अधिकारी, खेलकुद विकास समिति प्रमुख राजन दाहाल खुसराज, ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायब निरीक्षक बिष्णुबहादुर अधिकारी, एन्फा प्रशिक्षक विजयलाल श्रेष्ठ, फिफा रेफ्री युनाल मल्ललगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा जिल्लाका १६ बिद्यालयको सहभागिता रहेको संयोजक युवराज लामाले जानकारी दिए ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







