४ साउन, हेटौंडा । जिल्ला पशु सेवा कार्यलय मकवानपुरले भुकम्प पिडीत कृषकहरुलाई पशु औषधि वितरण गरेको छ । बकैया गाँउपालिका वडा नम्बर ५ पावसमा कृषकहरुलाई पशु शिवरसहित औषधि वितरण गरेको हो ।
जिल्ला पशुु सेवा कार्यालयका प्रमुख रामप्रकाश प्रधान, पशु चिकित्सक सजिवकुमार ठाकुर तथा पशु कार्यालय हेटौँडाका योजना अधिकृत डाक्टर सुरेन्द्रयादव सम्मिलित टोलीले बुधबार पावसमा पशु स्वास्थ्य शिवीर सञ्चालन गरी राय परामर्श सहितको औषधि वितरण गरीएको डाक्टर संजिवकुमार ठाकुरले जानकारी दिए ।
शिविरमा लिभरटोनिक, मल्टी भिटामिन,जुका, नाम्ले, ज्वरो लगायतका ११ थरीको औषधि वितरण गरिएको छ । नेपाल सरकार राष्ट्रिय पुर्ननिर्माणको सहयोगमा भएको कार्यक्रममा बकैया गाँउपालिका उपाध्यक्ष सरला बोलखे, ५ नम्बर वडा अध्यक्ष शेरमान घलान, पावस दुग्ध सहकारी संस्थाका अध्यक्ष धर्मराज लामिछाने लगायतको उपस्थिति थियो ।
बुधबार नै पवस दुग्ध उतपादक सहकारी संस्थाका पशुपालक कृषक सदस्यलाई नगद वितरण गरेको छ । नेपाल सरकार ब्यवसायिक पशुपालक कृषक सदस्यहरुलाई प्रोत्साहन कार्यक्रम अर्थात पाइलट कार्यक्रम अन्तरगत जिल्ला पशु सेवा कार्यलयका प्रमुख लगायत स्थानीय उपस्थितिमा वितरण गरेको हो । सहकारीमा हाल दैनिक ७ सय लिटर दुध संकलन हुन्छ भने सहकारीमा १ सय २२ सदस्य रहेका छन् । उनिहरुलाई प्रतिलीटर रु १ अनुदान अन्तरगत १ लाख ८६ हजार ३ सय ४९ रुपैया वितरण गरिको सहकारीका व्यवस्थापक युवराज लामिछाने बताए ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















