Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरका एसपी राठौरको बिदाई

20210111_172009-1610365288.jpg

२७ पुस,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर,सामुदायिक प्रहरी सेवा केन्द्र र उप-केन्द्रले सरुवा भइ जान लागेका प्रहरी उपरीक्षक शुसिल सिंह राठौरको  बिदाई गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले  सोमबार फेरी भेटौला तथा स्वागत कार्यक्रम अन्तर्गत विदाइ कार्यक्रमको आयोजना गर्दै प्रहरी उपरीक्षक राठौरको बिदाई गरेको हो।उनलाइ जिप्रका मकवानपुरका प्रहरी नायव  उपरीक्षक ईन्द्र बहादुर रानाले खादा र ढाका टोपी लगाएर बिदाइ गरेका हुन ।

बिदाई कार्यक्रममा बोल्दै एसपी राठौरले मकवानपुरमा रहदा पत्रकार, स्थानिय तथा आम मकवानपुरबासीबाट  अतुलनीय सहयोग पाएको बताए,उनले जिल्लाबासी र सबै वर्गबाट पाएको सहयोगलाइ सधै आत्मसाथ गर्ने बताएका छन्। 

उनलाई पुर्व प्रहरी निरीक्षक ललन प्रसाद कुर्मी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेर,वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट,ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्ले,इप्रका मनहरीको प्रहरी निरीक्षक विनोद श्रेष्ठ, इप्रका पालुङका प्रहरी निरीक्षक विकास राज तामाङ,इप्रका भिमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ,इप्रका फापरवारीका प्रहरी निरीक्षक कमल कुमार लुङगेली,प्रहरी निरीक्षक अविनाश अधिकारी लगायत प्रहरी अधिकृतहरुले  विदाई गरेका थिए।  

त्यसैगरी सरुवा भइ जान लागेका  मकवानपुरका प्रहरी उपरिक्षक सुशील सिंह राठौंरको सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले बिदाई गरेको छ। सोमबार सेवा केन्द्रका अध्यक्ष राम बिष्टले  नेपाली टोपी र खादा ओढाई विदाई गरेका थिए।   

विदाई कार्यक्रममा सामुदायिक उपाध्यक्ष विनोद लामिछाने,सचिव रमिला सापकोटा,कोषाध्यक्ष राम प्रसाद कोइराला,सदस्य कपिल अर्याल,सिताराम पौडेल,नबराज कोइराला लगाएतको उपस्थिति रहेको थियो।यस अघि हिजो  हेटौँडा-१० बसपार्कमा रहेको सामुदायिक प्रहरी सेवा उप केन्द्रले पनि एसपी राठौरलाई बिदाई गरेको थियो।

प्रहरी प्रधान कार्यालयले गत मंगलबार निकालेको ३० जना एसपी सरूवामा उनको पनि सरूवा भएको हो ।राठौर काठमाडौंस्थित महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखा रानीपोखरी सरूवा भएको छ ।उनको बदलीमा सोमेश्वरसिंह राठौर मकवानपुर प्रहरी प्रमुख भएर आउदै छन।

20210111_172125-1610365292.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार