२ माघ, हेटौंडा । थारु जातिको महान् पर्व माघीको अवसरमा हेटौंडामा तेस्रो थारु माघी महोत्सव आयोजना गरी धुमधामका साथ मनाईएको छ ।
सांस्कृतिक कार्यक्रमका साथमा थारुको जातिय पहिचान झल्कने विभिन्न खानका परिकारहरुको स्टल समेत राखिएको थियो ।
महोत्सवमा घुंगीको बिशेष परिकार, माछा, हाँसको मासु, भुजाको लड्डु लगायतको खानेकुरा स्टलमा राखिएको थियो । महोत्सवमा थारु विद्यार्थी सभा, थारु युवा सभा, थारु महिला सभा लगायतले थारु, नेपाली गित गायन, नृत्य तथा प्रहसन प्रस्तुत गरेका थिए ।
महोत्सवमा थारु भाषा, कला, संस्कृति संरक्षण एवं सम्वद्र्धनमा योगदान पु¥याएको भन्दै मकवानपुरमा कार्यरत विभिन्न जिल्लाका थारु अगुवालाई सम्मानपत्र प्रदान गरिएको थियो । थारु समुदायको संस्कृति र परम्परालाई जोगाउँदै प्रवद्र्धन गर्ने उद्देश्यले विगत ३ वर्षदेखी महोत्सवको आयोजना गरिएको थारु कल्याणकारिणी सभाले जनाएको छ ।
उद्घाटन कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामाको प्रमुख आतिथ्य तथा माघी महोत्सव मूल समारोह समिति संयोजक एवं थारु कल्याणकारिणी सभा मकवानपुरका अध्यक्ष हरिलाल चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघका मकवानपुर अध्यक्ष जंगबहादुर गुरुङ, नेपाल तामाङ्ग घेदुङ वागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान र नेपाल भारतमैत्री बहुप्राविधिक शिक्षालय हेटौंडाका प्रमुख रामशरण चौधरीको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा थारु महिला सभाकी केन्द्रीय उपाध्यक्ष अमिता चौधरी, नेपाल आदिवासी जनजाती महासंघ हेटौंडाका अध्यक्ष नरेशलाल श्रेष्ठ, नेपाल मगर संघ मकवानपुरका अध्यक्ष होमबहादुर राना मगर, नेपाल कुमाल समाज सेवा सुधार समिति मकवानपुरका अध्यक्ष भैरवबहादुर कुमाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















