३ माघ, हेटौंडा । भारतमा आजबाट कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु हुँदैछ । कोरोना महामारीकाबीच भारत सरकारले कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु गर्न लागेको हो ।
यसअघि बेलायत, अमेरिका, चीन लगायतका विभिन्न ३४ भन्दा बढी मुलुकमा कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु भइसकेको छ । सरकारले खोप अभियानको पहिलो दिन आज ३ करोड स्वास्थ्यकर्मी, अग्रस्थानमा खटिनेहरुलाई दिने बताएको छ ।
सरकारको यस खोप अभियान अन्तर्गत पहिलो चरणमा ३० करोड नागरिकलाई खोप दिइने छ । यस्तै कोरोना सङ्क्रमणको चपेटामा आउन सक्ने उच्च जोखिम उमेर समूह ५० वर्षभन्दा बढीका २७ करोड नागरिकलाई दोस्रो चरणमा खोप दिइने छ ।
खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुवात गर्ने बताइएको छ । मोदीले ट्वीट गर्दै खोप अभियानको बिहान साढे १० बजे भिडियो कन्फ्रेन्समार्फत सुरु गर्ने र खोप लगाउने स्वाथ्यकर्मीसँग पनि कुराकानी गर्ने जानकारी दिएका छन् ।
भारत विश्वकै दोस्रो कोरोना सङ्क्रमणका कारण प्रभावित मुलुक हो । जहाँ अमेरिकापछि सबैभन्दा बढी एक करोड ५४ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने ब्राजिलपछि सबैभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोनाका कारण १ लाख ५२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


















