Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौडामा दुई दिने आधारभुत तालीमको उद्घाटन

20424583_1361834327235207-1500969167.jpg

तस्विरः सुनिल शिवाकोटी /प्रष्ट खबर


१० साउन,हेटौँडा । हेटौडामा आजबाट दुई दिने आधारभुत तालीम सुरु भएको छ ।   सामुदायिक रेडियो सहयोग केन्द्र र नेपाल वातावरण पत्रकार समूहको संयूक्त आयोजनामा सुरु भएको २ दिने तालिमको आज एक कार्यक्रमका बिच हेटौंडा उपमहानगरपालिका उपप्रमुख मीना लामाले उद्घाटन गरिन ।
प्रमुख अतिथी रहेकी उपमेयर लामाले उद्घाटन कार्यक्रममा बोल्दै मिडियाले राज्य र समाजलाई लाभ हुने काम गरेको बताउदै परिवर्तनका कार्यमा मिडियाको महत्वलाई वुझनुपर्नेमा जोड दिईन साथै उपमेयर लामाले संचारमाध्यमले  महिला र दलितका विषयलाई बाहिर ल्याउन सक्नुपर्ने भन्दै पत्रकारहरुलाई सो कार्यमा कलम चलाउन अनुरोध गरिन  । 
त्यसैगरी नेपाल पत्रकार महासंघका पुर्व  केन्द्रिय सदस्य प्रताप विष्टले नेपाली पत्रकारीता पहुचवालहरुको मुठ्ठीमा रहेको बताउदै महिला र दलितका बिषयको संचार माध्यमा न्युन कभरेज भएको बताउदै यस्ता तालिमको आवश्यक रहेको बताए ।  
नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईले आधारभुत तालिमले क्रियाशील पत्रकारलाई दलित र महिलाको  क्षेत्रमा कलम चलाउन सहयोग पु¥याउने बताए ।
उद्घाटन कार्यक्रमामा विभिन्न संचार माध्यमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । मोटल एभोकाडोको सभाहलमा २ दिनसम्म चल्ने तालिममा  मकवानपुर सहित ईलाम मोरङ, अर्घाखाँची, सर्लाही, रौतहट गुल्मी लगायतका  जिल्लाका करिब ३५ जना सहभागी छन् ।  पत्रकारितामा पछाडि पारिएकाहरुको महिला र दलितका आवाजलाई कसरी उठाउने भन्ने बारेमा प्रशिक्षण दिईने नेपाल वातावरण पत्रकार समूहका कोषाध्यक्ष तथा तालिमका प्रशिक्षक सोमनाथ लामिछानेले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार