११ साउन, हेटौँडा । कृषि विकास बैंकको चेक किर्ते गरी रकम झिक्ने एक सचिव बुधबार हेटौँडाका पक्राउ परेका छन् ।
चुरियामाई संयुक्त खानेपानी तथा उपभोक्ता सरसफाई समिति नयाँ बस्तीका सचिव दलबहादुर विसीलाई चेक किर्ते गरि रकम झिकेको भन्दै प्रहरीले पक्राउ गरेको हो । विसीले संस्थाले कृषि विकास बैंक बैंकिङ कार्यालयबाट ५० हजार रुपैँया रकम झिक्ने निर्णय गरेकोमा आफैंले चेक बनाई पछि अंक र अक्षर थपेर एक लाख ५० हजार रुपैँयामा रकम झिकेका थिए । संस्थाको बैंक स्टेन्मेन्टबाट एक लाख रुपैँया बढि झिकेको पाएपछि बुझ्दा बैंकले नै गडबढी गरेको भन्दै बिसीले पन्छने कोशिस गरेका थिए ।
उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरुको टोली बैंक पुगेर बुझ्दा केसीले नै एक लाख ५० हजारको चेक सटही गरेको पाईएको थियो । बिसीको गल्ति देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । ‘उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरु आएर घटनाबारे जानकारी गराउनु भयो ।’–बैंकका प्रमुख शम्भु पौडेलले भने–‘त्यसपछि हामीले हेर्दा एक लाख ५० हजारको चेक सटही भएको पाईयो र सिसीटिभि फुटेजमा पनि ५०० दरका तीन बण्डल नोट केसीले बुझेको देखियो ।’
बैंकमाथि आरोप लगाएर बैंकको प्रतिष्ठामा आँच पुर्याउने काम गरेकाले घटनाबारे कसरी अघि बढ्ने छलफल भईरहेको उनले बताए । बैंकमा भेटिएका संस्थाका उपभोक्ताहरुले भने प्रहरीलाई विसीलाई कानून बमोजिम कारवाही गर्न भनेका छन् । बिसीलाई जिल्ला प्रहरी कार्यालय हेटौँडामा राखिएको छ ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



