Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रहरीको परामर्श कक्ष शुभारम्भ

Paramarsa-1501146818.jpg

१२ साउन, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आफ्नो परिसरमा स्थापना भएको परामर्श कक्ष शुभारम्भ गरेको छ । विभिन्न खाले परामर्शका लागि स्थापना भएको कक्ष औपचारिक रुपमा विहिबारबाट शुभारम्भ भएको हो । 
लागुऔषध दुव्यर्सन र मादनपदार्थ सेवनमा पक्राउ परेकाहरुलाई कक्षमा परामर्श दिने जनाईएको छ । शुभारम्भ कार्यक्रममा प्रहरी निरीक्षक प्रकाश श्रीमलले प्रहरीले नियन्त्रणमा लिएका लागुऔषध प्रयोगकर्ताहरुलाई परामर्श दिएका थिए । उनले लागुऔषध दुव्यर्सनबाट स्वास्थ्यमा पर्ने असर, सामाजिक र आर्थिक क्षेत्रमा पर्ने नोक्सानी, कानूनी पक्ष, कुलत छोड्ने उपायहरुको बारेमा जानकारी दिएका थिए । 
लागुऔषध र मादकपदार्थ सेवनकर्तालाई कारवाही मात्रै नभई परामर्श समेत दिनुपर्छ भन्ने उद्देश्यले कक्षको स्थापना गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले बताए । उनका अनुसार प्रहरीले आव ०७३/०७४ मा ६ सय भन्दा बढि लागुऔषध दुव्यर्सनी र मादक पदार्थलाई नियन्त्रणमा लिएको थियो । 
प्रहरीले लागुऔषधको कारोबार र प्रयोग नियन्त्रणका लागि प्रहरी निरीक्षक मधु थापाको नेतृत्वमा टिम नै परिचालन गरेको छ । टोलीले पछिल्लो ४ महिनामा १ सय ६५ जनालाई नियन्त्रणमा लिई परामर्श दिईएको छ । पक्राउ पर्नेका मध्ये गाँजा सेवनकर्ता बढि पाईएको छ । नियन्त्रणमा लिईएकालाई परामर्श दिन कक्षको अभाव थियो भने अब सहज हुने प्रहरीको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार