१३ माघ, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सामुदायिक आँखा अस्पतालमा आँखा जाच गर्न आउने विरामीहरु कोरोनाका कारण लगाईएको कोटा प्रणालीका कारण सास्ति व्यहोर्नु परेको छ ।
कोरोना भाइरसको संक्रमण फैलने भन्दै अस्पतालले लगाएको कोटा प्रणाली नहटाउँदा आँखा जचाउन आउने पालो नपाउँदा सास्ति व्यहोर्न बाध्य भएका छन् । अस्पतालले एकदिनमा १ सय २५ जनाको मात्रै आँखा जाँच गर्दै आएकोले विहानै लाइन बसेका विरामी कुपन लिने बेलामा १ सय २५ भन्दा बढी हुने वित्तिकै फर्कनु परेको गुनासो छ । कोरोनाको त्रास घटदै गएपछि अन्य अस्पताल, सरकारी तथा निजी कार्यलयहरुले बिगतमा लगाएका कोटा प्रणाली हटाएपनि सामुदायिक आँखा अस्पतालले भने अझै कोरोनाका नाममा लगाएको कोटा प्रणालीका कारण विरामीहरु फर्काउँदै आएको छ ।
टाढाबाट आँखाको समस्या लिएर आएका विरामीहरुले कुपन लिन नपाएपछि आँखा जाच नगराई फर्किनुपरेको बताएका छन् । केही दिन अघि आँखा जचाउन गएका हेटौंडा-६ का सुजल पौडेल अघिल्लो दिन कुपन नपाएपछि फेरि भोलिपल्ट विहानै जानुपरेको गुनासो गरे ।
आफु आउँदा आउँदै ढिला भएको बताउँदै एक सय २७ औं नम्बरमा परेपछि अस्पतालले आज आँखा जाच गर्न नसकिने बताउँदै भोली आउन भनेको हेटौंडा-७ की ७४ बर्षीया एक बृद्धाले जानकारी दिइन् । आफुलाई अस्पतालका सुरक्षा गार्डले हप्काईदप्काई गरेको उनको भनाइ छ ।
हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले सेवाग्राहीबाट समस्या परेको गुनासो आइरहेको स्विकार्दै यसलाई अस्पताल प्रशासनले समाधानको प्रयास गर्ने बताए ।
कोरोनाको संक्रमणको अवस्थामा कमी आएको बताउँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले सेवाग्राहीको समस्या समाधानका लागि अस्पताल प्रशासनसंग समन्वय गर्ने बताए ।प्रजिअ रिजालले अस्पतालमा रहेको कोटा प्रणाली अस्पतालसंग समन्वय गरेर हटाउने बताए ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)