Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

स्थापना दिवसको अवसरमा सहकारी र रेडियोले विभिन्न सामाजिक कार्यक्रम गर्ने

111111-1611838223.jpg

१५ माघ, हेटौंडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना दिवस तथा सहकारीद्वारा सञ्चालित रेडियो मकवानपुरको बार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि मनाईने भएको छ ।
सहकारीको २३ औं स्थापना दिवस तथा रेडियोको ११ औं बार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउन लागिएको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो ।
साताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन भोली भोली शुक्रबार सहीद दिवसको असर पारेर ‘सहीद’ शीर्षकमा माविका विद्यार्थीबीच कविता प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र शान्त्वना हुनेलाई क्रमशः नगद ७ हजार, ५ हजार, ३ हजार र २÷२ हजार पुरस्कारको व्यवस्था गरिएको रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए । 
यसैगरी शनिबार राक्सिराङको सरिखेत पलाँसेमा सञ्चो हस्पिटलको प्राविधिक सहयोग एवम् राक्सिराङ गाउँपालिकाको समन्वयमा निशुल्क स्वास्थ्य शिविर, १८ गते मामाघर नेपाललाई खाद्यान्न सहयोग, १९ गते एकल महिला, दलित वा विपन्न परिवारको दुईघरलाई खरको छानामुक्त गर्ने अभियान अन्तर्गत जनही २५ हजार रुपैयाँ प्रदान गरिने समितिका अध्यक्ष पराजुलीले बताए ।
यस्तै साताव्यापी कार्यक्रम अन्तर्गत २० र २१ गते रेडियो मकवानपुर कप दोस्रो मिडिया कप फुटसल प्रतियोगिता र २२ गते समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने उनले बताए । 
समापन कार्यक्रममा समाजमा उत्कृष्ट कार्य गरी योगदान पु¥याएका दुईजनालाई नगदसहित सामुदायिक सम्मान, रेडियोका एक उत्कृष्ट कर्मचारीलाई सम्मान, रेडियो मकवानपुरका पूर्व स्टेशन म्यानेजरहरुलाई सम्मान तथा दिव्यतारा सहकारीका संस्थापक शेयर सदस्यहरुलाई सम्मान गरिने अध्यक्ष पराजुलीले बताए ।
दिव्यतारा सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले नगरभित्रकै महिला, दलित वा विपन्न दुई परिवारलाई जस्तापाता खरिद्का लागि जनही २५ हजार रुपैयाँ प्रदान गरिने जानकारी दिइन् ।
सहकारीले दुईवटा उद्योग सञ्चालनको तयारी गरिरहेको, महिलाका लागि सहुलियत कर्जा प्रदान गर्दै आएको र सहकारीलाई प्रादेशिक बनाउने अभियानमा रहेको उनले जानकारी दिइन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार