Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फेकोफन नेपालको आग्रह: सामुदायीक वनको समस्या तत्काल समाधान होस

20210130_182317-1612010563.jpg

भिमसेन पौडेल 

१७ माघ,हेटौँडा। सामुदायीक वन उपभोक्ता महासंघ नेपाल( फेकोफन ) ले सामुदायिक वनमा देखिएको समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ । 

सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा शनिबार हेटौँडामा भएको  पत्रकार सम्मेलनमा  फेकोफनकी केन्द्रीय अध्यक्ष भारती पाठकले सामुदायिक वनका समस्या तत्काल समाधान गर्न सरकार र  सम्बन्धित निकायलाई आग्रह गरेको छ। 

कार्यक्रममा बोल्दै पाठकले सामुदायिक वनले ढलापढा, सुखाखडा,दैविक प्रकोपले ढलेका, बुढा तथा उमेर पुगेका रुखलाई कटान गरेर उपभोक्तालाई  वितरण गर्न पाउनुपर्ने बताइन । 

'वन उपभोक्ता समुहले रुखहरुबाट दिगो र निरन्तर काठ दाउरा लगायतका वन पैदावर तत्काल संकलनगरी सदुपयोग, बिक्री वितरण गर्नु पाउनु पर्छ,डिभिजन र सव-डिभिजन कार्यालयका डिएफओहरुले कानुन निकालेर बखेडा निकाल्नु भएन'-अध्यक्ष पाठकले भनिन। 

वन मन्त्रीले वैज्ञानिक वन कार्यविधि खारेज गरेकोमा धन्यवाद व्यक्त गर्दै उनले वन ऐन २०७६ अनुसार तर्जुमा गरिने नयाँ वन नियमावलीमा सामुदायिक वनमैत्रि र दिगो वन व्यवस्थापनका कुरा समेट्न अनुरोध गरिएको बताइन।

कार्यक्रममा फेकोफन बागमती प्रदेश सदस्य खडानन्द चौलागाईं,फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाईं,स्थानिय महासंघ हेटौँडाका अध्यक्ष सम्भु प्रसाद न्यौपाने, सुन्दर सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष कमल लामा,रानी सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण विडारी लगायतको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार