१८ माघ, हेटौंडा । रेडियो मकवानपुरको बार्षिकोत्सव तथा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना दिवसको अवसरमा राक्सिराङमा भएको निशुल्क स्वास्थ्य शिविरमा २१० जनाले सेवा लिएका छन् ।
रेडियोको ११ औं बार्षिकोत्सव तथा रेडियो मकवानपुरको सन्चालक संस्था दिव्यतारा सहकारीको २३ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिन शनिबार राक्सिराङ–३ पलाँसेमा स्वास्थ्य शिविर भएको हो ।
सञ्चो हस्पिटल प्रालिको प्राविधिक सहयोग एवम् राक्सिराङ गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा २१० जनाले स्वास्थ्य सेवा लिएका हुन् ।
रेडियो मकवानपुर सन्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षता एवम् रेडियोका संरक्षक तथा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा दिव्यतारा अध्यक्ष डीनाले मकवानपुरको विकट क्षेत्रको रुपमा रहेको राक्सिराङ गाउँपालिकाका सर्वसाधारणलाई स्वास्थ्य सेवा दिन निशुल्क स्वास्थ शिविरको आयोजना गरिएको बताइन् । उनले खानपानमा ध्यान दिएमा स्वस्थ रहन सकिने सुझाव दिइन ।
सहकारीको सेवा विस्तार गरिरहेको बताउँदै डीनाले आवस्यकता अनुसार राक्सिराङमा पनि सेवा विस्तार गर्ने प्रतिबद्धता जनाइन । सहकारीको स्थापना दिवस र रेडियोको बार्षिकोत्सवको अवसरमा फरक फरक क्षेत्रलाई समेट्दै सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको जानकारी दिँदै आगामी बर्ष पनि यसलाई निरन्तरता दिने जानकारी दिइन ।
कार्यक्रममा सञ्चो हस्पिटलका डाक्टर सचिनलाल दास, स्थानीय समाजसेवी चित्रबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले कुनै बिरामीमा जटिल स्वास्थ समस्या देखिएमा थप उपचारमा छुटको व्यवस्था गरिने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी, अग्रज पत्रकार एवम् मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराज, स्थानीय समाजसेवीहरु बीरेन्द्र जिम्बा, सन्तोष थापालगायतको आतिथ्यता रहेको थियो ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)