१९ माघ, हेटौंडा । खरको छानो भएका हेटौंडा उपमहानगरपालिकाभित्रका दुई विपन्न एकल महिलाको परिवारलाई दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र दिव्यताराद्वारा सञ्चालित रेडियो मकवानपुरले जनही २५ हजार रुपैयाँ सहयोग गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१ नकौलीका बिप्फीमाया पाख्रीन तामाङ र हेटौंडा–१५ घट्टेदमारका लक्ष्मीमाया वाइबालाई सोमबार एक कार्यक्रमकाबीच नगद २५ हजार रुपैयाँ सहयोग गरिएको हो ।
पाख्रीन र वाइबा दुवै विपन्न एकल महिला हुन् । दुवैको घरमा खरको छाना रहेकोले जस्तापाता लगाउन सहकारी र रेडियोले नगद सहयोग गरेको रेडियोका स्टेशन म्यानेजर गणेश दर्पण अधिकारीले जानकारी दिए ।
दिव्यताराको २३ औं स्थापना दिवस तथा रेडियो मकवानपुरको ११ औं बार्षिक साधारणसभाको अवसरमा विभिन्न सप्ताहव्यापी कार्यक्रमको आयोजना भैरहेको छ । सप्ताहव्यापी कार्यक्रमको चौथो कार्यक्रम अन्तर्गत विपन्न एकल महिलाको परिवारलाई जस्तापाता सहयोगका लागि नगद हस्तान्तरण कार्यक्रम आयोजना भएको हो ।
रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षता एवम् दिव्यतारा सहकारीका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
उक्त अवसरमा सहकारी अध्यक्ष डीनाले आगामी बर्षहरुमा पनि जस्तापाता सहयोगको कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् । हेटौंडा उपमहानगरपालिकाको विकट वस्तीका सर्वसाधारणले उपमहानगरपालिकाको बासिन्दा हुनुको राहत महसुस गर्न नपाएको भन्दै उनले दुःख व्यक्त गरिन् ।
यस्तै रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले उक्त क्षेत्रमा सार्वजनिक शौचालय बनाउन पहल गर्ने र स्वास्थ्य शिविरको आयोजना समेत गरिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा हेटौंडा–१ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, १५ नम्बर वडा अध्यक्ष महारत्न लामा, समाजसेवी हरिकृष्ण महर्जनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...
२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विहान देशका हिमाली र पहाडी भू-भागमा...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...


















-nepal-1793665142.jpg)