Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

आँचल साहित्य कला पुञ्जले १० जनालाई पुरस्कृत तथा सम्मान गर्ने

151778276_129087365764061-1613780380.jpg

८ मकवानपुर, हेटौंडा । मकवानपुरमा रहेको नारी साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जले साहित्य लगाएत विभिन्न क्षेत्रका १० जनालाई पुरस्कृत तथा सम्मान गर्ने भएको छ । 
यही फागुन २२ गते विशेष साहित्यिक कार्यक्रमको आयोजना गरी पुरस्कार तथा सम्मान गरिने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । पत्रकार सम्मेलन मार्फत आँचलले शुक्रबार सम्मानित तथा पुरस्कृत हुनेहरुको नाम सार्वजनिक गरेको छ । 
आँचलले फागुन २२ गते हुने कार्यक्रममा १० हजार १ राशीको बालकुमारी–जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान चितवन निवासी समाचालोक÷कवि ज्ञानु अधिकारीलाई प्रदान गरिने भएको छ । यस्तै १० हजार १ राशीको प्रतिभा धिताल छन्द पुरस्कार नवलपरासी निवासी कृष्णदेवी शर्मालाई प्रदान गर्ने गरिने भएको छ । 
७ हजार ५ सय रुपैयाँ राशीको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान पत्रकार प्रताप बिष्टलाई, ११ हजार १११ रुपैयाँ राशीको टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार मकवानपुरे साहित्यकार निमेष निखिललाई, १५ हजार १ राशीको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान काठमाडौं निवासी कवि प्राज्ञ लक्ष्मी मालीलाई प्रदान गरिने कार्यवाहक अध्यक्ष अनिता न्यौपानेले जानकारी दिईन् । 
यसैगरी ३ हजजार ५ सय रुपैयाँ राशीको मंगलादेवी श्रेष्ठ बाल प्रतिभा पुरस्कार सम्मान अमर माविमा अध्ययनरत् प्रज्वल ढुंगानालाई ५ हजार १ राशीको वनस्खण्डी खड्ग पौडेल प्रतिभा सम्मान मकवानपुरे साहित्यकार रामचन्द्र आचार्य (फूर्सती)लाई प्रदान गरिने भएको छ । 
५ हजार १ राशीकै मुक्ति–तारा नवप्रतिभा सम्मान मकवानपुरे नवप्रतिभा प्रसिद्धिका लम्साललाई, १० हजार राशीको सुन्तलीमाया श्रेष्ठलाई, युवा प्रतिभा सम्मान मकवानपरे साहित्यकार सुवास खनाललाई र आँचल साहित्य कला पुञ्ज मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएको आँचल सम्मान कलाकार चित्रकार सूर्य सन्यासीलाई प्रदान गरिने भएको छ । यसको राशी नगद ५ हजार रुपैयाँ रहेको छ । 
फागुन २२ गते विशेष कार्यक्रमकाबीच सम्मान तथा पुरस्कार वितरण गरिने कला पुञ्जका कार्यबाहक अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार