Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

थाहा वर्ष सम्मान सहित रेडियोको बार्षिकोत्सव सम्पन्न

151330975_114248620953177-1613785809.jpg

८ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरापालिका वडा नम्बर ४ मा रहेको रेडियो थाहा सञ्चारले शुक्रबार दुई जनालाई थाहा वर्ष सम्मान प्रदान गर्दै आफनो वार्षिकोत्सव सम्पन्न गरेको छ ।
रेडियोको १३औं वार्षिकोत्सवका अवसरमा शुक्रबार समाजका लागि योगदान पु¥याउने दुई जना व्यक्तित्वलाई सम्मानित गरेको हो । वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वार्षिकोत्सव समापन एवम् साहित्य सम्मेलन गर्दै कृषि क्षेत्रमा योगदान पु¥याए बापत नारायणप्रसाद देवकोटा र साहित्यमा योगदान पु¥याएबापत मुना अर्याललाई ‘थाहासम्मान २०७७’ सम्मान प्रदान गरिएको हो । 
सम्मानित देवकोटाले दुग्ध उत्पादक सहकारी संस्था स्थापना गरी जिल्ला तथा केन्द्रीय दुुग्ध उत्पादक सहकारी संस्थालाई नेतृत्व दिँदै दुग्ध व्यवसायलाई सहकारी अभियानमार्फत प्रबद्र्घनका लागि योगदान पु¥याएको र मकवानपुर, हेटौंडाकी मुना अर्यालले विगत सत्र वर्षदेखि साहित्यमा सक्रिय भई समाजलाई योगदान पु¥याएकाले सम्मान प्रदान गरिएको रेडियोका स्टेशन म्यानेजर मणीराज गौतमले जानकारी दिए । 
कार्यक्रममा दीपक गौतम, छवि अनित्य, एसके निधन, मनोज पोखरेल, भावना सापकोटा, दिनेश शर्मा न्यौपाने, डिवि बर्तौला, अनिता न्यौपाने लगायतका साहित्कारहरुले रचना वाचन गरेका थिए । 
रेडियो सञ्चालक अरुणराज सुमार्गीको अध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको प्रमुख आतिथ्यमा बार्षिकोत्सव समारोह आयोजना भएको हो । कार्यक्रममा साहित्यकार तुल्सी थापा, धनराज गिरी र बागमती  प्रदेशका प्रेस रजिष्टार रेवतीप्रसाद सापकोटा लगाएतको आतिथ्यता थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार