Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मनहरीको पशुपतिनाथ माविमा विद्यालय नर्सलाई स्वागत

pashu-1614212860.jpg

१३ फागुन, हेटौंडा । मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविले विद्यालय नर्सलाई स्वागत गरेको छ । प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम अन्र्तगत पशुपतिनाथ माविमा हाजिर भएकी विद्यालय नर्स गायत्री मोक्तानलाई विद्यालय व्यवस्थापन समितिले स्वागत गरेको हो ।
मनहरी–४ का वडाध्यक्ष ध्रुब खड्काले विद्यालय नर्स मोक्तानलाई दोसल्ला ओढाएर विद्यालयमा स्वागत गरेका थिए । विव्यस अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा विव्यस सदस्यहरु राधाकृष्ण सिंखडा, मीरा गौतम, बिष्णु बल, सीता नेपाली, शिक्षक प्रतिनिधि मनोज चौलागाईं, विद्यार्थी प्रतिनिधि सन्ध्या हमाल, दिपेश ढकाललगायतको उपस्थिति थियो । 
ग्रामीण क्षेत्रका विद्यालयमा स्वास्थ्य, सरसफाई, पोषण आदि कुरामा विद्यालय नर्सको उपस्थितिले क्रमशः सुधार हुने अपेक्षा विद्यालयले लिएको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले बताए । 
५ सय ४४ बालबालिका अध्ययनरत पशुपतिनाथ माविसँगै यो बर्ष मनहरी गाउँपालिकाको राष्ट्रिय मावि सुनाचुरीमा पनि एक विद्यालय एक नर्स कार्यक्रम लागू भएको छ । गत माघ १२ गते सुनाचुरीस्थित राष्ट्रिय माविमा विद्यालय नर्स सृजना मोक्तान हाजिर भएर कार्यरत छिन् । 
यस्तै मनहरीको रोटरी माविमा गतबर्ष नै एक विद्यालय एक नर्स कार्यक्रम लागू भएको थियो । मनहरी गाउँपालिकामा रहेका ८ वटा सामुदायिक विद्यालयमध्य ३ वटामा विद्यालय नर्स कार्यरत छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार